अर्घाखाँची ।
अर्घाखाँची भूमिकास्थान नगरपालिकाको नुवाकोटमा एक व्यक्तिले खुकुरी प्रहार गर्दा श्रीमती, सासू र सालो घाइते भएका छन् ।
भूमिकास्थान नगरपालिका वडा नम्बर ६, खमारीबासका २७ वर्षीय चिरन घर्तीले त्यसै नगरपालिकाको वडा नम्बर ८ मा रहेको ससुरालीमा सोमबार राति गएर खुकुरी प्रहार गर्दा तीन जना गम्भीर घाइते भएका हुन् ।
खुकुरी प्रहारबाट १८ वर्षीया श्रीमती गिता घर्ती, ४३ वर्षीया सासू भुमकला क्षेत्री र ११ वर्षीया सालो अर्जुन क्षेत्री गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताउनु भयो ।
घाइते तीनै जनाको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार हुन नसकेपछि लुम्बिनी प्रादेशिकअस्पताल बुटबल पठाइएको थियो । बुटबलमा पनि उपचार हुन नसकेपछि तीनै जनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ ।
मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनै जनालाई खुकुरी प्रहार गरेपछि फरार भएका छन् । फरार रहेका उनको खोजी भैरहेको प्रहरीले बताएको छ ।
२८ श्रावण २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया