काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि सरेको छ । पछिल्लो समय साउन १३ मा सचिवालयका बैठक भएको थियो । त्यसमा सहमति जुट्न नसकेपछि गृहकार्यका लागि साउन २८ गतेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
साउन १३ को बैठकले केन्द्रीय सदस्यहरुको रुचि बुझेर त्यसैअनुसार जिम्मेवारी बाँडफाँटको निर्णय गर्नेमा सचिवालय स्तरका नेताबीच सहमति भएको थियो । नेकपाका ४४१ केन्द्रीय सदस्य छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुरमा उपचार गरेर सोमबार फर्किए पनि मंगलबारका लागि तय भएको बैठक गृहकार्य नपुगेको भन्दै फेरि स्थगित भएको हो । नेकपा महासचिव विष्णु पौडेलकाअनुसार अब बिहीबार मात्रै सचिवालयको बैठक हुनेछ ।
२८ श्रावण २०७६ मंगलबार ००:००
0
Shares
प्रतिक्रिया