९ मंसिर २०८१, आइतबार | Sun Nov 24 2024

विकास गरौं तर दीर्घकालिन टिक्ने : विष्णु पन्थी



मायादेवी अनलाइन, वाणगंगा ।
प्रदेश नं. ५ का प्रदेश सभा सदस्य विष्णु पन्थीले विकास निर्माणलाई दीर्घकालिन टिक्ने खालको बनाउनुपर्नेमा जोड दिनुभएको छ । हरेक बर्ष बजेट कनिका छरे झै छर्ने तर कुनै उपलब्धी नदेखिने विकास गर्न नहुनेमा सांसद पन्थीले धारणा राख्नुभयो । बजेटलाई एकन्त्रित गरेर सबैले अनूभुति गर्ने गरी दीर्घकालिन टिक्ने खालका काम गरे त्यस्तो विकास दिगो हुने बताउनुभयो ।
मधौलिया सामुदायिक बन उपभोक्ता समूहको सोमबार १७ औं साधारणसभा तथा भवन उद्घाटन समारोहमा बोल्दै सांसद पन्थीले सामुदायिक बनको लगानी पनि दीर्घकालिन रुपले फाइदा हुने गरी लगाउनुपर्नेमा जोड दिनुभयो । नेपालका अधिकांश बजेट टालटुल पार्नमा केन्द्रित रहेको भन्दै अब त्यसरी मूलुक समृद्ध बन्न नसक्ने बताउनुभयो । मधौलिया सामुदायिक बनले पार्क सहितको भवन निर्माण गरेको छ । यस विषयमा बोल्दै उहाँले पार्कलाई पर्यटन भित्राउने गरी प्रयोग गर्न आग्रह गर्नुभयो ।
नेकपाका जिल्ला अध्यक्ष झविलाल पाखे्रलले सामुदायिक बनको स्रोतलाई उपभोक्ताको हितमा प्रयोग गर्न सुझाव दिनुभयो । समाजको विकासमा सामुदायिक बनहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै मधौलियाले पनि समाजमा राम्रो काम गरेको बताउनुभयो ।
कार्यक्रममा वडा नं. ५ का वडाध्यक्ष भिष्मराज भुसाल, वडा नं. ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्री, सव डिभिजन बन कार्यालय तौलिहवाका अधिकृत उमेश शाह, सामुदायिक बन उपभोक्ता महासंघ कपिलवस्तुका अध्यक्ष हुमनाथ भट्टराई, स्थानीय समाजसेवी शालिक राम पौडेल लगायतले बोल्नुभएको थियो ।
सामुदायिक बनका अध्यक्ष खडानन्द गौतमको अध्यक्षतामा भएको कार्यक्रममा सुमन केसीको स्वागत मन्तव्य र रेखा ढकालको सञ्चालन रहेको थियो । कार्यक्रममा बनका अध्यक्ष, सचिव र कोषाध्यक्षले आ-आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रकाशित मिति : २७ श्रावण २०७६ सोमबार ००:००  ७ : १० बजे