दीपा महत, वाणगंगा ।
कपिलवस्तु उद्योग वाणिज्य संघको निर्माणधिन भवनको ९५ प्रतिशत काम सम्पन्न भएको छ । जिल्लाको वाणगंगा नगरपालिकाको जितपुर चारनम्बर बुद्धरंगशालामा निर्माणधिन चार तले भवनको ९५ प्रतिशत काम सकिएको हो । आगामी भदौ २ गते भित्र सबै काम सकेर भदौ ३ गते मंगलबार निमार्णधिन भवनको उद्घाटन गर्ने तयारी भैरहेको संघका अध्यक्ष उमानाथ पौडेलले जानकारी दिनुभयो ।
संघको १३ औं बार्षिक साधारणसभाको अवसर पारेर निर्माणधिन भवन उद्घाटन गर्न लागिएको अध्यक्ष पौडेलले मायादेवी अनलाइनलाई बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य संघकी केन्द्रीय अध्यक्ष भवानी राणा आउने कार्यक्रम छ । संघको पुरानो कार्यालयसंगै निर्माणधिन भवन चार तलाको हुने छ । वाणगंगा नगरपालिकाको नयाँ भवनसंगै सटेको भवन सुविधा सम्पन्न छ । भवनमा दुई ओटा ठूला हल निर्माण गरिएको छ भने दुई तलामा सुविधा सम्पन्न कोठा निर्माण गरिएको छ ।
भर्खरै भवनको रंगरोगन सकिएको छ । झ्याल, ढोका हाल्ने र मार्वल बिछाउने काम सकिएको छ भने अहिले सरसफाईको काम चलिरहेको छ । अब भवन भित्र विद्युतीय काम बाहेक सबै काम सम्पन्न भैसकेको संघका सल्लाहकार डोलकराम घिमिरेले बताउनुभयो । संघले भवन आफै निर्माण गरेको हो । विभिन्न दाताहरुको चन्दा सहयोग र केही आफ्नो आम्दानीबाट भवन निर्माण गरिएको सल्लाहकार घिमिरेले बताउनुभयो । भवनको लागत साधारणसभामै सार्वजनिक गरिने तयारी छ ।
कपिलवस्तु उद्योग वाणिज्य संघ जिल्लाकै सबैभन्दा ठूलो उद्योगीहरुको संगठन हो । संघमा पिपरा, चारनम्बर, बोडगाउँ, कोइली बनगाई, घेरुवा बनगाई, कोपवा, गोरुसिंगे हुँदै इमिलिया सम्मका उद्योगी तथा व्यवसायीहरु आवद्ध छन् ।
२७ श्रावण २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया