जनकपुर ।
धनुषामा परीक्षा अगाबै प्रश्नपत्र बाहिर ल्याएको आरोपमा पाँच जना पक्राउ परेका छन् । एमबिबिएस पहिलो सेमेस्टरको प्रश्नपत्र आउट गरेको आरोपमा जनकपुरधामबाट प्रहरीले पाँच जनालाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २० वर्षीय सोनु कुमार साह, ३१ वर्षीय लिलाराम शिवरती, २२ वर्षीय लालबाबु मण्डल, २४ वर्षीय सुजित मण्डल र सर्लाहीको अभिनास महतो रहेको प्रहरी उपरीक्षक खनालले बताए । परीक्षाबाट सामाजिक सञ्जाल मार्फत प्रश्नपत्र आउट गरी फोटोकपी गराएर बाँडिएको थियो ।
राम सागर राम स्वरुप बहुमुखी क्याम्पसमा एमबिबिएस प्रथम सेमेस्टर अन्तरगत तथ्याङ्कशास्त्र बिषयको परीक्षा हलबाट प्रश्नपत्र आउट भएको प्रहरीले जनाएको छ।
२७ श्रावण २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया