मायादेवी अनलाइन, कपिलवस्तु ।
आज अन्र्तराष्ट्रिय युवा दिवस । बिभिन्न कार्यक्रमको आयोजना गरेर संसारभर मनाइदैछ । अन्य बर्षहरु झै यस बर्षपनि अगस्त १२ को दिन आज व्यक्ति, परिवार, समूदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरुको भुमीकाको महत्वलाई दर्शाउन दिवस मनाइन्छ । आज कपिलवस्तुसहित देशभर युवा संग सम्बद्ध संघसंस्थाले बिभिन्न कार्यक्रम गर्दैछन् । युवा दिवस मनाइरहँदा स्वदेशमा रोजगारी सिर्जना नहुँदा धेरै युवाहरु निरास छन् । प्रतिवर्ष युवाहरु विदेशी भूमिमा श्रम गर्न बाध्य हुनेको दर बढिरहँदा यो दिवस मनाउनुको औचित्य नभएको कतिपय सरोकारवाला बताउँछन् ।
युवाहरुले आफ्ना माग र आवश्यक्ताहरुलाई सरकार र सरोकारवालाहरु समक्ष लैजान जागरुक र तदारुक हुन जरुरी छ, स्वरोजगार ऋृण र सीपमुलक शिक्षा प्रणालीजस्ता अवधारणा साकार पार्न नेपाली युवाहरुको जोडदार आवाज उठ्न जरुरी छ । अर्कोतर्फ सुशासन, पारदर्शिता र विधीको शासनका लागि युवाहरुको खबरदारी सदासर्वदा आवश्यक रहन्छ, जहाँ आवाज कमजोर भयो बुझेहुन्छ विकास ठप्प भयो, परिवर्तन ठप्प भयो । यस कारण पनि परिवर्तनका संवाहक युवाहरुको भूमिका अनन्त छ, यूगान्तकारी परिवर्तन र बिकासको अभिभारा नेपाली युवाहरुको कुशल काँधमा छ ।
प्रतिक्रिया