बाबुराम रायमाझी, भलवाड ।
नेपाल वन पैदावार उद्योग व्यवसायी संघ कपिलवस्तुको आयोजनामा बाणगंगा ९ भलवाड निवासी ईश्वरी प्रसाद सुवेदीका वर्ष ४३ का छोरा भेषराज सुवेदी विगत लामो समयदेखि मृगौला रोगबाट ग्रसित भई काठमाण्डौ शिक्षण अस्पताल महाराजगञ्जमा मृगौंला प्रत्यारोपणका लागि उपचार्थ भर्ना भएका छन् ।
सुवेदीको उपचार्थमा टेवा पुर्याउने उद्धेश्यले वन पैदावार उद्योग व्यवसायी संघ कपिलवस्तुले एक समारोहका बिच सुवदीको निवासमा संघका केन्द्रिय सदस्य रुक बहादुर भुसाल ,जिल्ला अध्यक्ष पशुपति शर्मा,वडा न.९ वडाध्यक्ष धुर्व वेल्वासे कार्यसमितिका पदाधिकारीले संयुक्त रुपमा मृगौला पिडितका बुबा ईश्वरी प्रसाद सुवेदीलाई ५१ हजार बराबरको चेक दिई सहयोग गरेको छ ।
कार्यक्रममा वन पैदावर संघका केन्द्रिय सदस्य रुक बहादुर भुसालले संघले सामाजिक क्षेत्रमा रचानात्मक कार्य गर्दै आएको र पछि पनि निरन्तर गर्दै जाने वताउँदै बाणगंगा ६ लक्ष्मणघाटमा मृगौला पिडित टिकाराम खनाललाई पनि सहयोग प्रदान गरेको त्यस्तै बाणगंगा ७ जनचेतना आधारभूत विद्यालय वनगाईको मा अध्ययनरत बालबालिकालाई सूचना प्रविधिमा पहुँच पुर्याउने उद्धेश्यले १ थान स्माार्ट टेलिभिजन उपलब्ध गराएको वताउनु भएको थियो । त्यस्तै कार्यक्रमका प्रमुख अतिथि तथा वडाध्यक्ष धुर्व वेल्वासेले जिल्लामा वन पैदावारमा काम गर्ने व्यवसायीले जुन सहयोग गर्नु भयो धेरै नै ठूलो सहयोग भएको भन्दै अन्य व्यवसायीहरुबाट पनि सहयोगी हात बढेमा सुवेदी परीवारको उपचारमा सहयोग पुग्ने भन्दै आफूले पनि सहयोग गर्ने वताउनु भएको थियो ।
वन पैदावर उद्योग व्यवसायी संघका जिल्ला अध्यक्ष पशुपति शर्माको अध्यक्षता तथा महासचिव कृष्ण बहादुर चौधरीको सहजीकरणमा सम्पन्न भएको थियो । कार्यक्रममा वन पैदावर संघका पदाधिकारी, सल्लाहकार, जनप्रतिनिधी, पत्रकार र समाजसेवीहरुको सहभागिता रहेको थियो ।
२६ श्रावण २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया