काठमाडौँ ।
आइतबार दिनभर देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्य वर्षाको सम्भावना रहेको छ । पूर्वी पहाडी क्षेत्रका केही भू–भागका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।
यस्तै राति पनि देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्य वर्षाको सम्भावना छ । क्षेत्रका केही भू–भागमा एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना छ ।
हाल मनसुनी न्यून चापीय रेखा औसत भन्दा केही दक्षिततिर रहेकाले नेपालमा मनसुन कम सक्रिय अवस्थामा रहेको मौसमविदको भनाई छ । अब मनसुनी न्यून चापीय रेखा बिस्तारै सरेर औसत स्थानमा आउने सम्भावना रहेको मौसमविदले बताएका छन् ।
हाल काठमाडौँ उपत्यकासहित देशका केही स्थानमा हल्कादेखि मध्य वर्षा भइरहेको छ । यस्तै एक–दुई स्थानमा ठूलो पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पूर्वी भू–भागमा आंशिकदेखि सामान्य तथा मध्य र पश्चिमी क्षेत्रमा सामान्य बदली भएको छ ।
२६ श्रावण २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया