मायादेवी अनलाइन, बुद्धभूमि ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला सल्लाहकार परिषदको प्रथम बैठक सम्पन्न भएको छ । गोरुसिंगेमा सम्पन्न बैठकले विभिन्न निणर्य गरेको छ । जस अन्तरगत नव निर्वाचित कमिटीलाई सपथ ग्रहण गराईएको छ भने सरकारको काम कारवाहीबारे छलफल गर्दै सरकार र पार्टीलाई सुझाव दिइने निणर्य भएको छ ।
यस्तै असोज महिनाको पहिलो हप्तामा प्रशिक्षणमूलक भेला तौलिहवामा गर्ने समेत पार्टीले निणर्य गरेको छ । बैठक जिल्ला सल्लाहाकार परिषदका अध्यक्ष हुकुम बहादुर कुँवरको अध्यक्षता, परिषदका सचिव नन्दलाल बन्जाडेको सञ्चालनमा भएको हो ।
बैठक नेकपा केन्द्रिय कमिटी सदस्य एवम जिल्ला इन्चार्ज गिरीधारिलाल न्यौपानेको प्रमुख आतिथ्यता, जिल्ला अध्यक्ष झविलाल पोख्रेल, जिल्ला सचिव विष्णु साह, प्रदेश कमिटी ५ सदस्य रुद्रलाल बन्जाडे, जनी बन्जाडे लगायतका जिल्ला नेताको उपस्थितमा भएको हो ।
२५ श्रावण २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया