मायादेवी अनलाइन, तौलिहवा ।
विषालु सर्पको डसाईबाट कपिलवस्तु नगरपालिका २, जमुवारटोलका ६० वर्षीय दयालु ठाकुरको मृत्यु भएको छ ।
शुक्रबार राती घरमै सुतिरहेका ठाकुरलाई विषालु सर्पले डस्दा उपचारका लागि जिल्ला अस्पताल तौलिहवा लगिएको थियो ।
सर्पले डसेपछि तत्काल परिवारलाई खबर नहुँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । पछिल्लो समय कपिलवस्तुमा विषालु सर्पको विगविगी छ । यसै हप्ता मात्र तीन जनाको सर्पको डसाईबाट मृत्यु भएको छ ।
२५ श्रावण २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया