मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तु नगरपालिका– ११ बनगाईको सुकुम्बासी टोलमा रहेको कब्जा गरिएको सरकारी जमिनमा बृक्षारोपण गरिएको छ । स्थानीय २ जना गाउँलेहरुले कब्जा गरेको २ कठ्ठा खेतमा वडा कर्यालय, प्रहरी र स्थानीय गाउँलेहरुको रोहोवरमा बिभिन्न प्रजातीका बिरुवा रापिएको हो ।
स्थानीय सन्तराम केवट र सन्तराम मुुराउले कब्जा गरेको ८ नम्बर एलानी जग्गामा ३ सय बिरुवा रोपिएको थियो । शीर्षा, बकाईनो लगायतका प्रजातिका बिरुवाहरु गाउँलेहरुले नै रापेका थिए ।
वडा अध्यक्ष रामगोपाल यादव, प्रहरी चौकी जहदीका प्रहरी सहायक निरीक्षक यागेन्द्र यादव, बडा सदस्य सूर्य देव तेली, समाजसेबी गौरी शंकर बरईको संयुक्त प्रयासमा कब्जा गरिएको जग्गा खाली गराईएको थियो ।
वडा अध्यक्ष यादवले गाउँले र सबैको प्रयासले कब्जा गरिएको जग्गा खाली गराई बृक्षारोपण गरिएको बताए । बृक्षारोपणमा ५० बढी गाउँलेहरुको सहभागीता रहेको थियो ।
२५ श्रावण २०७६ शनिबार ००:००
2
Shares
प्रतिक्रिया