मायादेवी अनलाइन, तौलिहवा ।
पार्टी एकीकरण पछि कपिलवस्तुको तौलिहवामा भएको प्रथम भेलाले समाजबादी पार्टी नेपाल कपिलवस्तुको अध्यक्षमा शैलेन्द्र यादवलाई निर्बिरोध चयन गरेको छ । यादवको अध्यक्षतामा ७१ सदस्यिय कार्य समिति चयन गरिएको हो । नयाँ शक्ति पार्टी र संघीय समाजबादी फोरम नेपाल बीच पार्टी एकीकरण पछि जिल्लामा संयुक्त भेला भएको हो । पार्टीको जिल्ला उपाध्यक्षहरुमा देब बहादुर भुसाल, अजीत कुमार सिंह र राम निवास पुरी चयन हुनुभएको छ ।
सचिवमा चोपलाल राहुल मगर, सह सचिवमा ईरफान रजा मुसलमान र कोषाध्यक्षमा आरती सिंह यादव रहनुभएको छ ।
कार्य समिति सदस्यहरुमा पशुपतिमणि त्रिपाठी, धिरेन्द्रमणि पाठक, राजन उपाध्याय लगायत हुनुहुन्छ । कार्यक्रममा पूर्वमन्त्री दान बहादुर चौधरी, प्रदेश सदस्य सहसराम यादव, पार्टी केन्द्रिय सदस्य मंगल प्रसाद गुप्ता, पार्टीको प्रदेश ५ का अध्यक्ष अशोक कुमार यादव, प्रदेश उपाध्यक्ष अब्दुल रसिद खाँ लगायतले मन्तब्य दिनुभएको थियो । सो अवसरमा अध्यक्ष यादवले पार्टीलाई अझ सशक्तरुपमा लैजाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
२५ श्रावण २०७६ शनिबार ००:००
2
Shares
प्रतिक्रिया