चितवन ।
मोटरसाईकल दुर्घट्ना हुँदा चितवनमा ३ जना घाईते भएका छन्। भरतपुर महानगरपालिका २७ मेघौलीका ३२ वर्षीय अनिल सोनामी, १७ वर्षीय अजित क्षेत्री र सोहि स्थानका १६ वर्षीय सुमन भुजेल घाईते भएका हुन्। मोटरसाईकल चालकसमेत रहेका सोनामीको अवस्था भने गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। उनको अनुहार र टाउकोमा चोट लागेको छ।
तिनै जनाको चितवन मेडिकल कलेजनमा उपचार भइरहेको छ। कसराबाट ज्योतिनगर तर्फ गईरहेको ना ३२ प १७३६ नम्बरको मोटरसाईकल भरतपुर महानगरपालिका २६ खत्रौली र घान्दुर्क चोकमा रहेको निर्मा्धिन पुलमा अनियन्त्रीत भई नहरमा खस्दा उनीहरु घाईते भएका हुन।
२५ श्रावण २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया