काठमाडौं ।
आज (शनिबार) देशका अधिकांश स्थानमा बदली भई केही ठाउँमा मेघ गर्जन, चट्याङसहित वर्षा हुने सम्भावना उल्लेख गर्दै मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनी जारी गरेको छ । साथै आज पहाडी भेगमा भारी वर्षा हुन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर अवस्थित छ । भारतको मध्य प्रदेशमा रहेको मनसुनको निम्न चापीय प्रणाली हाल कमजोर भई भारतको राजस्थानमाको रूपमा रहेको छ । मनसुनको न्यून चापीय रेखाको औसत स्थान भन्नाले भारतको उत्तरी राजस्थान, हरयाना, दिल्ली, दक्षिण उत्तर प्रदेश, दक्षिण बिहार, झारखण्ड र पश्चिम बंगाल हुँदै बंगालको खाडीको शिरसम्म जनाउँछ ।
हाल देशका अधिकांस स्थानहरुमा आंशिकदेखि सामान्यसम्म बदली रही देशका थारै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।
प्रतिक्रिया