सन्धिखर्क ।
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको धारापानीमा ढिस्कोबाट लडेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
भुमिकास्थान नगरपालिका वडा नं. ३ बस्ने २३ वर्षिय शिषिर भाटको घर नजिकैको ढिस्कोमा सुकेको बाँसको किलामा अडेस लागेर उभिँदा उक्त किला जरैबाट भाँचिइ खसेर मृत्यु भएको हो ।
१० मिटर तल बाटो छेउको पक्की नालीमा खस्न खस्दा भाटको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताएका छन् । शवलाइ पोष्ट मार्टमको लागि अर्घाखाँची अस्पताल सन्धिखर्कमा पठाइएको छ ।
प्रतिक्रिया