मायादेवी अनलाइन, कपिलवस्तु ।
सर्पको डसाइबाट कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ । ज्यान जानेमा बाणगंगा नगरपालिका वडा नं ६ भगलापुरका अन्दाजी ४५ बर्षिय तेज प्रसाद खनाल र वडा नंं. ३ निवासी ५० बर्षीया शुभमाया थापा रहनुभएको छ ।
उहाँहरुको गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा उपचारको लागि लैजाँदै गर्दा मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ । खनाललाई आइतबार साँझ घरबाट लक्ष्मणघाट बोलबम जाने क्रममा गोमन सर्पले डसेको थियो ।
सर्पदंश उपचार केन्द्रका नविन भण्डारीले समयमा खनाललाई समयमै अस्पताल ल्याउन नसक्दा ज्यान गएको बताउनुभयो । थापालाई आज विहान सर्पले डसेको थियो । उहाको उपचारको क्रममा मृत्यु भएको हो ।
वडा नं. ३ निवासी थापाको उपचारको क्रममा बुटवलमा ज्यान गएको हो । राती नै घरमा थापालाई सर्पले डसेको थियो । लगत्तै उहाँलाई गोरुसिंगे पठाइएको भएपनि अवस्था नाजुक भएपछि बुटवल रेफर गरिएको थियो । तर, पनि उहाँलाई बचाउन डाक्टरहरु सफल हुन सकेनन् ।
२० श्रावण २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया