थानेश्वर अधिकारी, वाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ६ मा पर्ने ऐतिहासिक तथा धार्मिक तिर्थस्थल लक्ष्मणघाटमा असार ३१ गते गुरुपूर्णिमा देखि क्रषि तर्पणी जनैपूर्णिमा सम्म एक महिनाका लागि बोलबम मेला संचालन भएको छ ।
बिगतका बर्षहरुमा झै यस बर्षपनी कपिलवस्तु रुपन्देही, दाङ, अर्घाखाँची जिल्ला लगायत छिमेकी देश भरतबाट समेत श्रद्धालु भक्तजनहरु आउने गर्दछन् । मेलामा आई भक्तजनहरु रातभरी भजन किर्तन गरी बिहान सबेरै उठेर मन्दिरका पुजारीबाट जल संकल्प गरी जलार्पण गर्ने गर्दछन् ।
यो बर्ष धार्मिक मेलाका साथ साथै चर्खे पिङ, डुङ्गा, रेल गाडी लगायत बाल उद्यान रखिएको हुनाले भक्तहरुको आकर्षण बढ्दै गएको लक्ष्मणघाट सामाजिक विकास केन्द्रका कोषाध्यक्ष एवम् लक्ष्मणघाट बोलबम धाम विकास समितिका सदस्य सन्दिप न्यौपाने जानकारी दिनुभएको छ । सो मेलालाई अझ आकर्षणमय बनाउन लक्ष्मणघाट बोलबम धाम विकास समितिको समन्वयमा श्री सिद्धकाली कम्पनीसँग रमाइलो बाल उद्यान मेला लगाउने सम्झौता भएको थियो ।
रमाइलो बाल उद्यान प्रति बालक देखी बयस्क सम्ममा मानिसहरुको सहभागिता रहेको छ । सो मेलामा आएका भक्तजनहरुको सवारी साधनको सुरक्षा गर्न लक्ष्मणघाट सामाजिक विकास केन्द्रको अगुवाईमा ३ वटा स्थानमा साना र ठुला सवारी साधनका लागि छुट्टाछुट्टै पार्किङको व्यवस्थापन गरिएको छ ।
श्रावण महिनाको प्रत्येक हप्ताको आइतबार साँझ मेला देखी सोमबार बिहान सम्म बोलबमधाम मेलामा बिभिन्न स्थानबाट मेला भर्न आउने तिर्थालु भक्तजनहरुको भिड लाग्ने गर्दछ । सो मेलालाई व्यवस्थित बनाउन बिभिन्न बिषयगत समितिहरुले सक्रियतापुर्वक काम गरेको लक्ष्मणघाट बोलबमधाम विकास समिति अध्यक्ष रन बहादुर काउचाले जानकारी दिनुभएको छ ।
सो मेलामा बाणगंगा नगरपालिका वडा नं. ६ भित्रका टोल विकास संस्था, महिला समुह, सञ्जालहरुले पालै पालो मेलामा सहयोग गरेको लक्ष्मणघाट बोलबमधाम विकास समितिका सचिव प्रकाश भुसालले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया