मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा सत्तारुढ समाजवादी पार्टीका जिल्लास्तरीय नेतामाथि आक्रमण गरेको भन्दै ७ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । आक्रमणबाट घाइते भएका रामनयन यादवले शुद्धोधन–५ का शिवलवाका लाला भन्ने ओमप्रकाश चौधरी, ४ का अनिल चौधरीलगायत ७ जनाविरुद्ध उजुरी गरेका हुन् ।
उनले प्रहरीमा उजुरी गरेपनि प्रहरीले भने गोली प्रहार भए नभएकोमा शंका व्यक्त गरेको छ । शुरुमा यादवले गोली प्रहार भएको बताए पनि अस्पतालमा उपचारका क्रममा चिकित्सकले शंका व्यक्त गरेपछि प्रहरीले गोली प्रहारबारे शंका व्यक्त गरेको हो । सुरुमा प्रहरीले यादवकै भनाईको आधारमा गोली प्रहार भएको बताएको थियो ।
अस्पतालमा परीक्षण गरेपछि प्रहरीले यादवमाथि गोली प्रहार भए नभएको अझै यकीन भइनसकेको बताउँदै अनुसन्धान भइरहेको बताएको छ । प्रहरी उपरिक्षक दीप शमशेर जबराले यादवको पाखुरामा देखिएको चोट गोली प्रहारले भएको जस्तो नदेखिएकोले थप अनुसन्धान थालेको बताए । तर, यादवले भने आफुमाथि गोली प्रहार भएको दाबी गरेका छन् ।
१७ श्रावण २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया