८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

नमुना बन्दै युगल सहकारी सालझण्डी, बार्षिकोत्सवमा रक्तदान र सरसफाई



गोविन्द पोख्रेल, सालझण्डी ।
युगल वचत तथा ऋण सहकारी रुपन्देही सालझण्डीको सातौँ बार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । बार्षिकोत्सवको अवसरमा सहकारीले रक्तदान तथा सालझण्डी क्षेत्रमा सरसफाई गरेको छ । सहकारीका अध्यक्ष गोविन्द पोख्रेलको अध्यक्षता, सैनामैना गाउँपालिका वडा नम्बर ११ सालझण्डीका वडाध्यक्ष सुनिल प्रसाद मरासिनीको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रमबाट ५० युनिट रगत जम्मा भएको छ ।

ब्लड बैंक बुटवलको प्राबिधिक सहयोगमा भएको रक्तदानमा त्यहाँका जनप्रतिनिधि, नागरिक अगुवा, समाजसेवी, शिक्षक, ब्यावसायी लगायतले रक्तदान गर्नुभएको थियो । जम्मा भएको रगत सोही समारोहपछि ब्लड बैंकलाई हस्तान्तरण गरिएको छ । यस्तै बार्षिकोत्सवकै अवसरमा सालझण्डी स्वास्थ चौकी परिसर सरसफाई गरिएको छ । सफाइको क्रममा त्यस वरपर भएको फोहर ब्यवस्थापन, बाटोघाटो वरिपरिको रुख झाडीको सफाइ गरिएको सहकारीका अध्यक्ष पोख्रेलले बताउनुभयो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि मरासिनीले सहकारी यस क्षेत्रमै नमुना भएको बताउनुभयो । बार्षिकोत्सवको अवसरमा गरिएका कार्यक्रमले सहकारी समाजप्रति जिम्मेवार छ भन्नेकुरा पुष्टि भएको बताउँदै सहकारीका आगामी योजनामा वडाले साथ दिने बताउनु भयो । अध्यक्ष पोख्रेलले सबैलाई धन्यबाद दिँदै आफूहरुले समाजको लागि भावी दिनमा थप नयाँ सामाजिक कार्यहरु लिएर आउने बताउनु भयो ।
कार्यक्रममा वडा सदस्य राम प्रसाद भुसाल, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ४ नं. जितपुर कपिलवस्तुका शाखा प्रबन्धक अर्जुन भुसाल, सैनामैना रेडियोका स्टेशन म्यानेजर भुवन जि सि, लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रममा सहकारी संचालकहरु, सल्लाहकार, लेखा समितिका पदाधिकारीहरु उप-समितिका सदस्यहरु सेयर सदस्य लगायतको सहभागिता रहेको थियो। संचलक लक्ष्मण घिमिरेको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन सचिव पवन पोख्रेलले गर्नुभएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७६ शुक्रबार ००:००  ९ : ४० बजे