८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

चीन भ्रमण टोलीको विषयमा कांग्रेसको आपत्ति



बुटवल ।
प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीको नेतृत्वको चीन भ्रमण टोलीमा सहभागिहरुको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । भ्रमण टोलीमा सहभागिहरुको बिषयलाई लिएर नेपाली कांग्रेसले आपत्ति जनाएको हो ।
प्रदेश सरकारले नेपाली कांग्रेस संसदीय दलसँग समन्वय नगरी आफ्नो दलका प्रदेशसभा सदस्यको नाम समावेश गरेको भन्दै कांग्रेसले विरोध गरेको हो । बिहिबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै कांग्रेसका प्रदेशसभा सदस्य बिरबहादुर रानाले प्रदेश सरकारले संसदीय मुल्य मान्यता मिचेर भ्रमण टोलीको नाम चयन गरेको भन्दै आपत्ति जनाए ।
उनले भ्रमण टोलीमा सहभागिहरुको नाम छनोट दलीय प्रतिनिधित्वको आधारमा गराइएको हो कि व्यक्तिगत रिलेशनको आधारमा हो ? भनि प्रश्न गरे । नेपाली कांग्रेस संसदीय दलसँग समन्वय नगरी प्रदेश सरकारले पार्टीको तर्फबाट एक जना प्रदेशसभा सदस्यको नाम छनोट गरेपछि सोही बिषयलाई लिएर बिहिबार कांग्रेस संसदीय दलको बैठक समेत बसेको थियो ।
बैठकले त्यस बिषयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको एक प्रदेशसभा सदस्यले जानकारी दिए ।
मन्त्री गिरीको नेतृत्वमा चीन भ्रमणमा जाने टोलीमा नेपाली कांग्रेसको तर्फबाट निर्मला क्षेत्रीको नाम समावेश गरिएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७६ शुक्रबार ००:००  ६ : १६ बजे