८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

गुल्मीका पहिरो पीडितलाई कांग्रेसको १ लाख रुपैया सहयोग



बुटवल ।
नेपाली कांग्रेस प्रदेश ५ को संसदीय दलले गुल्मीको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेकमा पहिरो गई भएको मानवीय एवं भौतिक क्षति प्रति दुःख व्यक्त गरेको छ ।
विहीबार कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले पहिरोमा परि मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्ने निणर्य गरेको छ ।
संसदीय दलका उपनेता बीरेन्द्र कुमार कनौडीयाको अध्यक्षतामा बसेको बैठकले विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनस्र्थापनाको व्यवस्था गर्न सरकारसंग आग्रह गरेको छ । बैठकले दलका तर्फबाट पहिरो पिडीतहरुलाई एक लाख रुपैया सहयोग गर्ने निणर्य गरेको उपनेता कनौडीयाले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ श्रावण २०७६ शुक्रबार ००:००  ६ : १३ बजे