चन्द्रकान्त न्यौपाने, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगा ४ सिद्धिपुरमा रहेको होराइजन आबासिय माबि कक्षा १२ को नतिजामा छात्र तथा छात्रातर्फ कपिलवस्तु प्रथम र द्धितीय भएको छ । होराइजनबाट २०७५ सालको माध्यमिक शिक्षा परीक्षामा सहभागी भएका विद्यार्थीहरुमध्ये छात्रा बिश्मा घिमिरेले ३ दशमलव ७३ जिपिए प्राप्त गरी महिला तथा खुल्लातर्फ जिल्ला प्रथम भएको विद्यालयले जनाएको छ ।
यसैगरी सोही विद्यालयकै बिपिन पौडेलले ३ दशमलव ६२ जिपिए हासिल गरी जिल्लामा द्धितीय स्थान हासिल गरेको विद्यालयका प्राचार्य बासुदेव घिमिरेले जानकारी दिनुभयो । नतिजा केही दिन अगाडी सार्वजनिक भएपनि नतिजाको विश्लेषण गर्दा आफूहरु नै प्रथम र द्धितीय भएको पुष्टि भएपछि बल्ल मिडियामा भनेको प्राचार्य घिमिरेले मायादेवी अनलाइनलाई बताउनुभयो ।
यसलाई जिल्ला शिक्षा कार्यालय तौलिहवा र नगरपालिकाको शिक्षा शाखाले पनि पुष्टि गरेको उहाँले बताउनु भयो । एसईई २०७५ मा राष्ट्रिय स्तरमै उत्कृष्ट माबिको रुपमा भर्खरै समानित भएको यस माविको यो अर्को सफलताले थप खुसी थपेको प्राचार्य घिमिरेले बताउनुभयो ।
उहाँले नतिजाबाट खुसी हुने कुरा स्वाभाविक भए पनि अझै उच्च स्तरीय शिक्षाको लागि जिल्लामा धेरै गर्न बाँकी रहेको बताउनु भयो । मन्टेश्वरीदेखि कक्षा १२ सम्म अध्यापन हुने होराइजन मावि जिल्लाकै पहिलो ‘क’ बर्ग को विद्यालयको रुपमा परिचित छ ।
प्रतिक्रिया