बिष्णु कुमार आले, अर्घाखाँची ।
गत ५ दिनदेखि घरबाट हराएका अर्घाखाँची शितगंगा १ सुवर्णखालका २८ बर्षीय कर्ण बहादुर बिक (चुदारा) को शव बाणगंगा नदीमा शव फेला परेको छ । मृतक बिकको शव शितगंगा १४ सिमलपानी सिमरेनीमा बाणगंगा नदीले बगाएर दुई ढुङ्गाको बीचमा अड्किएको अवस्थामा फेला परेको हो । नदीको बिचभागमा ढुङ्गामा डुबेको अवस्थामा सव गाउँलेले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जानकारी पाउना साथ ईलाका प्रहरी कार्यालय ठाडाबाट गएको प्रहरीको टोली र शितगंगा १४ का वडा अध्यक्ष दामोदर न्यौपाने सहित स्थानीय बासिन्दा घटनास्थलमा पुगेर खोलाको कोप्चेरोमा फसेको शवलाई बाहिर निकालेका थिए । यस अघि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पोष्टमाट्म भवन बिना पनि शवको पोष्टमाट्म हुने गरेको थियो ।
त्यतिबेला दुर्गम ठाँउका नागरिकलाई निकै सहुलियत तथा सजिलो भएको थियो । तर पछिल्लो समय केन्द्रमा अत्याधुनिक पोष्टमाट्म भवन निर्माण भएपनि सवको पोष्टमाट्म नहुँदा गरिव बिपन्न परिवारलाई निकै समस्या हुने गरेको छ ।
दुर्गम ठाँउका गरिव बिपन्न नागरिकलाई जिल्ला अस्पताल सन्धिखर्कमा लास पुराएर पोष्टमाट्म गर्न २० हजार देखि १ लाख सम्म खर्च लाग्ने गरेको छ । गरिव बिपन्न परिवारले ठूलो मोटो रकम जुटाउन गाह्रो भएपछि उनीहरूले थप सास्ती खेप्नु परेको हो ।
गरिब बिपन्न परिवारको समस्यालाई ख्याल गर्दै समस्याको समाधानका लागि शितगंगा नगरपालिकाले स्वास्थ्य केन्द्रमा तत्काल सवको पोष्टमाट्म गर्ने ब्यवस्था मिलाउन आवश्यक छ । यो बिषयमा शितगंगा नगरपालिका बेलैमा चनाखो हुन जरूरी छ । अहिले शवलाई पोष्टमाट्मका लागि जिल्ला अस्पताल सन्धिखर्कमा लगिएको छ ।
१६ श्रावण २०७६ बिहिबार ००:००
0
Shares
प्रतिक्रिया