मायादेवी अनलाइन, कपिलवस्तु ।
कपिलवस्तुको दक्षिणी क्षेत्रमा अवस्थित शुद्धोधन गाउँपालिकामा स्थानीय एक नेता माथि गोली प्रहार भएको छ । गाउँपालिकाको वडा नं ३ सुसरीया पूल निर विहीबार दिउँसो २ बजेको समयमा स्थानीय समाजबादी पार्टीका नेता माथि गोली प्रहार भएको बताइएको छ ।
स्थानीय रामनयन यादवमाथि गोली प्रहार भएको हो । यादव पूर्व नयाँ शक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षका उम्मेद्वार समेत हुन् । उनी हाल समाजबादी पार्टीमा छन् ।
गाउँपालिकाको वडा नं. ५ देवपुर स्थायी घर भएका यादव जिल्ला सदरमुकाम तौलिहवा आउँदै थिए । उक्त मौका छोपेर मोटरसाइकलमा सवार दुई जना अज्ञात समूहले गोली प्रहार गरी गरेको हो । गोली लागेर यादव घाइते भएका छन् । उनको अहिले तौलिहवामा उपचार भैरहेको बताइएको छ ।
स्थानीयका अनुसार उनको देब्रो पाखुरामा गोली लागेको छ । दिउँसो २ बजे गोली हान्ने अज्ञात समूहलाई प्रहरीले तत्काल पक्राउ गर्न सक्ने अवस्था भएपनि पक्राउ गर्न नचाहेको भन्दै स्थानीय आक्रोसित भएका छन् । घटनाको थप विवरण आउँन बाँकी छ ।
यसभन्दा अगाडी यही शुद्धोधन गाउँपालिकाका दीपेन्द्र चौधरी (राजाबावु) को गोली हानी हत्या भएको थियो । राजाबाबु नेकपाका नेता थिए । उनी पनि गाउँपालिकामा अध्यक्षमा उठेका थिए भने प्रदेश सभा निर्वाचनको उम्मेद्वार थिए ।
बेला बेला नेतामाथि गोली प्रहार हुन थालेपछि उक्त क्षेत्रका स्थानीय त्रसित भएका छन् ।
१६ श्रावण २०७६ बिहिबार ००:००
14
Shares
प्रतिक्रिया