८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

तीन महिना मै किन भए कपिलवस्तुका डिएसपी सरुवा ?



मायादेवी अनलाइन, तौलिहवा ।
एक महिना अघि ८ वटा जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ गर्न भुमिका खेलेका डिएसपी देबेन्द्र पाण्डेयको तीन महिना नहुँदै अस्वभाविक सरुवा गरिएको छ । नसिम बादशाह सहीत नेटवर्किङ ब्यवसायको जालो तोड्न, अनिता हत्या काण्डका आरोपीहरुलाई पक्राउ गर्न समेत पाण्डेयले अहम भुमिका खेलेका थिए । नेताहरुलाई रेस्पोन्स नगरेको र नसिम बादशाहलाई बिना जानकारी पक्राउ गरिए पछि एसपी र डिएसपीलाई सरुवा गर्न चलखेल गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कपिलस्तुमा कार्यरत प्रहरी नायब उपरिक्षक देबेन्द्र पाण्डेयको तीन महिना नहुँदै सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालयले पाण्डेयलाई मौखिक आदेशमा सरुवा गरेको हो । गत बैशाख १६ गते जिल्लामा आएका पाण्डेयको सरुवा अस्वभाविक देखिएको छ । दलका नेताहरुले भने अनुसार काम नगरे पछि उनलाई सरुवा गर्न २ महिना अघि नै चलखेल गरिएको श्रोतले जनाएको छ ।
गत जेठ २० गते मात्र सरुवा भई आएका प्रहरी उपरिक्षक दीप शमशेर जबराले प्रहरी प्रधान कार्यालयले प्रहरी उपरिक्षक पाण्डेयलाई काठमाडौं बोलाएको बताए । ‘प्रहरी उपरिक्षक पाण्डेयको मौखिक आदेशमा प्रहरी प्रधान कार्यालयबाट सरुवा भएको कुरा आएको छ’ उनले भने ‘यो सरुवा अस्वभाविक लागेको छ । ‘उहामाथी कुनै आरोप पनि लागेको छैन, बिवाद पनि देखिएको छैन के कारणले सरुवाको आदेश आयो मलाई थाहा छैन’ उनले भने । प्रहरी नायब उपरिक्षकको जिम्मेवारी पाण्डेयले कुशलता र ईमान्दारीपुर्वक निभाएको उनले दाबी गरे ।
प्रहरी नायब उपरिक्षक पाण्डेयले आफुलाई प्रहरी प्रधान कार्यालयबाट कहाँ जान चाहेको भन्ने सोधिएको बताए । ‘सरुवाको कुनै लिखित आएको छैन, लिखित आए भने जानै पर्छ’ उनले भने । एसपी र डिएसपीको टीमले नेताहरुको दवाबमा काम नगर्ने भएकाले नेताहरु दुबैको सरुवा गर्न दुई महिना देखि नै लागेको श्रोतले जनाएको छ ।
बिना कुनै बिवाद र कारणले एक्कासी पाण्डेयको सरुवा गरिएकोप्रति मानवअधिकारकर्मीले आपत्ती प्रकट गरेका छन् । अधिकारकर्मी रबि ठाकुरले सत्ता पक्षले नै पाण्डेयको अस्वभाविक सरुवा गराएको आरोप लगाए । ‘प्रहरी नायब उपरिक्षक पाण्डेयले राम्रै काम गर्नुृ भएको थियो, नेताहरु भन्दा जनताको काम गरेकोले नै सरुवा गरिएको देखिएको छ’ उनले भने । अपराध, तस्करी नियन्त्रणमा पाण्डेयले उल्लेखनीय भुमिका खेलेको उनले बताए ।
गत असार २१ गते बिभिन्न जघन्य अपराध गरी फरार रहदै आएका नसिम बादशाहलाई पक्राउ गर्नुमा पाण्डेयको अहम भुमिका रहेको उनले बताए ।

यस्तै भारतमा बसेर नेपाली युवकहरुलाई फसाएर करोडौ रकम ठगी गरेको ११ जना गिरोहलाई पक्राउ गरी नेट वर्किङको जालो भत्काउनमा समेत उनको हात रहेको एक प्रहरी अधिकृतले बताए ।
लागु औाषध कारोवारको नियन्त्रण, फरार अभियुक्तहरुलाई पक्राउ गर्न बनाएको योजना, अपराध अनुसन्धानमा आफै खट्ने भएकाले पछिल्लो ३ महिनामा प्रहरीले ठुलो सफलता हासिल गरेको छ । नाकाहरुका बिशेष निगरानी र कडाई गरिए पछि तस्करी समेत रोकिएको तस्करी कार्यमा संल्गन श्रोतले जनाएको छ ।

Image may contain: 1 person, standing

डिएसी देवेन्द्र पाण्डेय

प्रकाशित मिति : १६ श्रावण २०७६ बिहिबार ००:००  १ : ०९ बजे