८ मंसिर २०८१, शनिबार | Sat Nov 23 2024

दुई–तीन दिनमा सक्रिय हुँदै छ मौसम, देशभर बर्षाको सम्भावना



काठमाडौँ ।

मनसुनी गतिविधि कमजोर रहे पनि देशभरको मौसम बिहीबार सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानमा सामान्य बदली भइ केही स्थानमा वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

बिहीबार राति पनि देशभरको मौसम सामान्यतया बदली भइ देशका केही स्थानमा वर्षा हुने जनाइएको छ।

हाल देशका धेरैजसो स्थानमा सामान्य बदली भएको भएको छ । थोरै स्थानमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ ।

मनसुनी न्यून चापीय रेखा हाल नेपालको तराई भू–भाग भन्दा दक्षिण तिर रहेको छ । अबको केही दिनमा सो रेखा उत्तरतिर सरेर नेपालको पश्चिमी तराई नजिक पुग्ने सम्भावना छ । जसले गर्दा अबको दुई–तीन दिनमा नेपाल, विशेषगरी पश्चिमी क्षेत्रमा मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६ बिहिबार ००:००  ८ : ४६ बजे