स्याङ्जा ।
स्याङ्जाको वालिङबाट झण्डै १६ दशमलव ७५ ग्राम लागुऔषध खैरो हेरोइनसहित मंगलबार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा स्याङ्जाको भीरकोट नगरपालिका-५ का भिम बहादुर सेन र सुम सिंह ठकुरी तथा वालिङ नगरपालिका–११ का सुवास सेन र राम बईक रहेका छन् ।
बुटवलबाट पर्वतका लागि छुटेको ना ६ ख १२६७ नम्बरको बसमा जाँच गर्ने क्रममा वालिङ-१०, भकुण्डेबाट उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट १६ दशमलव ७५ ग्राम खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो ।
विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले सिद्धार्थ राजमार्ग अन्तर्गतको वालिङ भकुण्डेबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरु चारै जनालाई जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता भण्डारीले बताउनु भयो ।
प्रतिक्रिया