एजेन्सी,नेपाललाई पहिलो पटक टी(२० मा हराएर पहिलो पटक नै विश्वकपको ग्लोबल छनोटमा पुगेको सिंगापुरले फेरि नेपालसँग त्रिकोणात्मक सिरिजको योजना बनाएको छ ।
विश्वकप छनोटको अन्तिम चरण खेल्नुअघि सिंगापुर क्रिकेट संघले नेपाल र पपुवा न्यू गिनीलाई बोलाएर त्रिकोणात्मक सिरिज गराउने योजना बनाएको हो ।सिंगापुरमा नै हुने त्रिकोणात्मक प्रतियोगिता सेप्टेम्बर महिनामा गर्ने सिंगापुर क्रिकेट संघको योजना छ ।
एसिया छनोटको उपाधि जितेपछि सिंगापुर क्रिकेट संघका कार्यकारी निर्देशक सान सान र संघका विकास अधिकृत अर्जुन मेनन र अरु पदाधिकारी बसेर नेपाल र पपुवा न्युगिनीलाई बोलाएर सिंगापुरमा त्रिकोणात्मक सिरिज गराउने प्रारम्भिक टुंगो लगाएको थियो । उक्त त्रिकोणात्मक सिरिज कुन मितिमा गराउने भन्ने निर्णय आगामी दिनमा तय गरिने विकास अधिकृत मेननले बताए ।
ग्लोबल छनोटको तयारी पनि हुने र राम्रो अभ्यास पनि हुने भएकाले नेपाल र पीएनजीलाई सिंगापुरमा बोलाएर त्रिकोणात्मक सिरीज गर्ने योजना बनाएको हो । तर यसका लागि सिंगापुर क्रिकेटले आइसीसीसँग स्वीकृति लिनुका साथै पीएनजी क्रिकेट र नेपाली क्रिकेट टिमलाई आग्रह कहिले गर्छ, त्यो भने टुंगो छैन ।
यसका साथै सिंगापुर क्रिकेट संघले नेपालमा हुने फ्रेन्चाइजी लिगको मिति नजिक नपारेर यो प्रतियोगिता गर्न सक्नेछ ।
यस सिरिजका लागि नेपाल र पपुवा न्यू गिनी खेल्न तयार हुन्छन् कि हुँदैनन्, त्यो पनि निर्णय हुनै बाँकी छ । सिंगापुर क्रिकेट एसोसियसनले बनाएको यो योजना प्रारम्भिक मात्र हो । यसको विकासक्रम दुई तीन हप्ताभित्रमा अगाडि बढ्ने छ ।
प्रतिक्रिया