एजेन्सी, अमेरिकाको क्यालिफोर्नियामा एक फुड फेस्टिवलमा भएको अन्धाधुन्ध गोली प्रहारमा मारिने तीनजना मध्ये दुई बालबालिका रहेको पुष्टि भएको छ ।
क्यालिफोर्नियाको गिलरोयमा भएको गार्लिक फुड फेस्टिवलमा नेपाली समय अनुसार सोमबार बिहान बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए ।
मारिनेमा ६ वर्षका बालक र १३ वर्षका बालिका रहेको क्यालिफोर्निया प्रहरीले पुष्टि गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । घटनामा १५ जना घाइते भएका छन् ।
आक्रमणकारीको नाम सान्टिनो विलियम लेगन रहेको प्रहरीले जनाएको छ । १९ वर्षका उनले फेस्टिवलमा अन्धाधुन्ध गोली चलाएका हुन् ।
उनले अवैध रुपमा किनेको राइफल आक्रमणमा प्रयोग गरेको प्रहरीले उल्लेख गरेको छ । उनले नेवाडाबाट गएको महिना सो राइफल किनेका थिए । आक्रमणकारी प्रहरीको कारवाहीमा मारिएका छन् ।
प्रतिक्रिया