१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

गुल्मीको पहिरो प्रभावित क्षेत्रमा हेलिकोप्टरबाट पुग्यो खाद्यान्न



गुल्मी ।

सत्यवति गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रमा सडक अबरुद्ध हुँदा खाद्यान्न संकट भएपछि हेलिकोप्टरमार्फत राहत र्पुयाइँएको छ ।

सोमबार काठमाडौंबाट आएको नेपाली सेनाको हेलिकोप्टरबाट तम्घासमा बिभिन्न संघसंस्थाबाट उपलब्ध भएको २३ क्वीन्टल राहतका सामग्री हेलिकोप्टरमार्फत प्रभावित क्षेत्रमा र्पुयाइँएको गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

हेलिकोप्टरमार्फत तम्घासबाट १० कुन्टल चामल, एक सय केजी दाल, ६० लिटर खानेतेल, ५० किलो नुन, १० किलो सोयबिन, ९३ किलो चिउरा, एक सय किलो चिनी र सुत्केरीको लागि एक कार्टुन ल्याक्टोजिन प्रभावित क्षेत्रमा र्पुयाइँएको छ ।

काठमाडौबाट ल्याएको दुई सय ७० ब्लाङ्केट र तीन सय १० थान हुट र रेडक्रस सात बोरा, फलामको काटी दुई किलो, फलामको काटी दुई किलो, हेम्बर एक किलो, पिलास एक किलो र तार तीन किलो ठूलो लुम्पेकमा लगिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७६ सोमबार ००:००  ५ : ३२ बजे