काठमाण्डौँ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेग(अन्तर्रा्ष्ट्रिय अदालत) लगे आफू संसारको हिरो बन्ने बताउनु भएको छ । राजधानीमा सोमबार बिहान निवास खुमलटारमा विप्लव समूह छाडेर नेकपामा प्रवेश गर्ने नेताहरुलाई स्वागत गर्ने क्रममा प्रचण्डले यस्तो अभिव्यक्ति दिनुभएको हो । हेग लगेर पनि मलाई केही फरक पर्ने वाला छैन’ प्रचण्डले भन्नुभयो ’हेग लगे भने त म झन विश्वकै हिरो भएर निस्कन्छु,। संसारभरिका जनताले आफूलाई यो त न्यायको पक्षमा रहेछ शान्तिको पक्षमा रहेछ भनेर चिन्ने मिल्ने दाहालले दाबी गरे। ‘त्यो त मेरो लागि गर्वको कुरा हुन्छ, तर मलाई लाग्दैन तिनीहरुले लान्छन् र विश्वको हिरो बनाउँछन्’ उहाँलभन्नुभयोे।
परिवर्तनको नेतृत्व गरेका नेतालाई सिध्याउन पाए अहिलेको परिवर्तन उल्टाउन सकिन्छ भनी पश्चमागी तत्व लागि परेको उहाँले आरोप लगाउनु भयो ।
दुईचार जनाले म क्रान्ति गर्छु भनेर लाग्दैमा क्रान्ति नहुने भन्दै दाहालले क्रान्ति भनेको लाखौं करोडौं जन्ताको काम भएको बताए। जनताको व्यापक सहभागिता बिना क्रान्ति सार्थक नहुने उनले सप्ष्ट पार्नुभयो ।
१३ श्रावण २०७६ सोमबार ००:००
0
Shares
प्रतिक्रिया