१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

सदनमा सांसदको ठेलाठेल, प्रतिपक्षीको माइक काटियो, सभामुख बोल्दा मात्रै माइक अन



काठमाण्डौँ ।
आज बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले ठेलाठेल गरिरहेका छन् । प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पाटीले अवरोध गरेपछि तयस्तो स्थिति हाएको हो । दिउँसो सबा १ बजे सुरु भएको बैठकमा सभामुख कृष्ण बहादुर महराले नियमित कारवाही अगाडि बढाउनसाथ कांग्रेस र राजपाका सांसदले उठेर विरोध जनाएका हुन्।बाढी, पहिरो जस्ता जनसरोकारका विषयमा सरकार गम्भीर नभएको, प्रतिपक्षीले दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई उपेक्षा गरेको लगायतका विषय उठाई विपक्षी सांसदले विरोध जनाएका हुन् ।
विपक्षी सांसदले प्रहरीको गोलीबाट मारिएका नेत्रविक्रम चन्द विप्लव समूहका सर्लाही इन्चार्ज कुमार पौडेल र सर्लाही ईश्वरपुरका सरोजनारायण सिंहको न्यायिक छानबिनका लागि संसदीय समिति गठनको माग राख्दै नारावाजी गरिरहेका छन् । कांग्रस र राजपाका सांसदले अहिले रोष्टम घेराउ गरेर नाराबाजी गरिरहेका छन् । अवरोधका कारण संसदको नियमित कारवाही अघि बढ्न सकेको छैन । सभामुखले उक्त मागबारे सरकारको ध्यानाकर्षण गराइसकेकोले सदनमा अवरोध नगर्न आग्रह गरिरहेका छन् । तर कांग्रेस र राजपाका सांसदहरुले उठेर नाराबाजी गरिरहेका छन् ।सदनमा प्रतिपक्षीले गरेको नाराबाजीको विरोधको आवाज भिडियो लाइभमा सुनाइएको छैन । सभामुखले बोल्दा मात्रै माइक खोलिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६ सोमबार ००:००  २ : २० बजे