१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

तराईमा गर्मी बढ्ने सम्भावना



काठमाडौं ।
आगामी तीन दिन अर्थात् बुधबारसम्म छिटफुट वर्षा भए पनि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्को अनुमान छ ।
मौमस पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार आउने तीन दिनसम्म देशभर बदली तथा छिटफुट वर्षा त हुन्छ तर त्यस्तो बाढीरडुबान हुने गरी वर्षा हुने सम्भावना छैन ।

‘तर पहाडी भेगमा पहिलेकै वर्षाले जमिन गलेकाले सानो पानी पर्दा पनि पहिरो जान सक्छ,’ उनले भने, ‘त्यसकारण त्यस्ता क्षेत्रका बासिन्दाले सतर्कता अपनाउन जरुरी छ ।’

उनका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले नेपालभन्दा धेरै दक्षिण रहेकाले आगामी तीन दिन त्यस्तो ठूलो पानी पर्ने सम्भावना नरहेको हो। तर सानातिना र छिटफुट वर्षा भने जारी रहने उनले बताए ।

मौसम महाशाखाका अनुसार अहिले देशभर सामान्य बदलीको अवस्था छ भने पश्चिमी पहाडी भू-भागका केही स्थानमा वर्षा भइरहेको छ ।

आज (सोमबार) विशेषगरी पश्चिमका पहाडी क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । अन्य स्थानमा भने हल्कादेखि मध्यमसम्म वर्षा हुने संकेत देखिएको मौसमविद् श्रेष्ठको भनाइ छ ।

उनका अनुसार काठमाडौं उपत्यकामा पनि छिटफुट वर्षाको सम्भावना छ । तर तराई भेगमा भने आज वर्षा हुने सम्भावना कम रहेको र बादल पनि नलागेकाले गर्मी बढ्ने सम्भावना रहेको उनले बताए ।

प्रकाशित मिति : १३ श्रावण २०७६ सोमबार ००:००  ७ : ५६ बजे