१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

बाणगंगाका चौधरीसहित मोटरसाइकल चोरहरु पक्राऊ, होण्डा र सुपरस्प्लेण्डर चोरको आँखामा



भैरहवा ।
रुपन्देहीका विभिन्न स्थानवाट मोटरसाइकल चोरी गर्ने एउटा गिराह पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आइतबार जारी गरेको प्रेस नोटमा मोटरसाइकल चोरीमा सम्लग्न ७ जनाको गिरोह पक्राउ परेको जनाएको छ । जसमा एक जना कपिलवस्तु बाणगंगाका एक जना पनि रहेका छन् ।

गत असार १६ गते सिद्धार्थनगरपालिका ५ नापी कार्यालयबाट लु १९ प८१७० नम्वरको होण्डा साईन मोटरसाईकल चोरी भए पछि जिल्ला प्रहरी कार्यालयमा दिईएको निबेदनका आधारमा अनुसन्धान अगाडी बढाउदा रुपन्देहीको सांस्कृतीक नगरपालिकाको वडा नम्वर ११ बस्ने अब्दुल हमिद मुसलमान र शुद्धोदन गाउपालिका वडा नम्वर ६ बस्ने कालु मल्लाहलाई पक्राउ प्रहरीले पक्राउ गरी उनीहरुको बयानको आधारमा थप ५ जनालाई पक्राउ परेको जनाएको छ ।

पक्राउ परेका थप ५ जनामा रुपन्देहीकै कंचन गाउँपालिका ५ का गगन गुरुङ, सम्मर बहादुर थापा, मान बहादुर भण्डारी, वडा नम्वर ४ का ओम प्रकाश रौतार र जिल्ला कपिलबस्तु बाणगंगा नगरपालिका १० का दिपक चौधरी रहेका छन ।

प्रहरीले चोरी गर्ने र विक्री गर्ने काममा संग्लन सहित लु १५ प २१७१ को होण्डा साईन, लु १९ प ८१७० को होण्डा साईन, लु २१ प ६४३४ सुपर स्पलेण्डर, लु ३५ प २१५५ सुपर स्पलेण्डर, लु २२ प ६९४८ सुपर स्पलेण्डर र लु २२ प ४३५५ स्पलेण्डर मोटरसाईकिल पनि बरामद गरेको प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता धर्मराज भण्डारीले बताउनु भयो । चोरी हुने बाइकमा होण्डा र सुपरस्प्लेण्डर रहेका छन् ।

यी बाइकहरुको रिसेल मुल्य बढी हुने र चाबी तोड्न पनि सजिलो हुने भएकाले चोरहरुले बढी चोर्ने गरेको बताइएको छ । निजहरुले रुपन्देही तथा भारतको सीमावर्ती शहरमा बिभिन्न मोटरसाईकल चोरी गरी बेचबिखन गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ । बरामद मोटरसाईकल सहित पक्राउ परेकालाई थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७६ सोमबार ००:००  ६ : १९ बजे