शिवलाल सुवेदी, गुल्मी (ठुलोलुम्पेक) ।
मगंलावार विहानदेखि सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेकको धर्मपुर माध्यमिक विद्यालयमा आश्रय लिएकी यममाया मगर ६ महिनाकी सुत्केरी हुन् । सोमवार राती अविरल बर्षासगै गएको पहिरोले उनको घरगोठ लग्यो । आफ्नो घरगोठ वगाएपछि वालवच्चा र परिवारसगै उनी अहिले गाउँका २ सय जनाको सामुयिक मेसमा वस्दै आएकी छिन । ६ महिने काखे दुधे वालकसहितकी सुत्केरी भएपनि उनलाई छुट्टै खाने वस्ने भने शिविरमा ब्यवस्था छैन । पौष्टिक आहारको त कुरै छोडौ । तातो खाने र सुत्ने समेतको राम्रो ब्यवस्था हुन सकेको छैन । सुत्केरी यममायालाई अहिले चिसोका कारण स्वास्थ्यमा समस्या देखिएको छ भने ६ महिने छोरामा पनि स्वास्थ्य समस्या देखिएको उनले गुनासो गरिन । पहिरोले घरगोठ लग्यो ८ जनाको परिवार ५÷७ दिनदेखि धर्मपुर माध्यमिक विद्यालयमा वसेका छौ उनले भनिन“ के गर्ने यस्तो वेलामा पौष्टिक आहारसगै तातो र झोलिलो खानेकुरा धेरै खानुपर्ने समय हो,तर यहाँ कसरी त्यो ब्यवस्था हुनु र दाल भात खाएर ज्यान धानिएको छ ।” उनले सिमेन्टको भुईमा पातलो ओछाएर सुत्दा तलको चिसोले असर गरेको बताईन । कुनै विकल्प नै छैन, गाउँभर पहिरोले गर्दा २ सय हामी गाउँलेहरु एकै ठाउँमा वस्न बाध्य भएका छौ उनी अगाडि भन्छिन“ चिसोले बच्चा विरामी हुन थालेको छ, मेरो पनि हात खुट्ट, शरिर र घाटी दुखेर उस्तै छ ।”
उनी जस्तै सोही गाउँकै सुत्केरी सुस्मा सुनार पनि धर्मपुर माध्यमिक विद्यालयको शिविरमै बस्दै आएकी छिन । १० महिने सुत्केरी सुस्माले पनि राम्रोसगँ तातोमा सुत्न नपाएको गुनासो गरिन । खाने कुराको त के कुरा गरौ हजुर उनले भनिन“राम्रोसगँ तातोमा सुत्न समेत पाइउको छैन, चिसो भुइँमा सानो म्याट ओछाएर पातलो कपडा ओढेर जसोतसो रात काटने गरेकी छु ।” घरमा भएका सवै लत्ताकपडा अन्तपात सवै पहिरोले बगाएको बताउने उनले वाहिरवाट आउने सामानहरु विच वाटोमा रोकिएकाले आफुहरुलाई समस्या भएको बताईन । अरुलाई त केही सजिलो होला काखँमा सानो वच्चा च्यापेकी उनले आखावाट आसु झार्दै भनिन“ शिविरमा हामीजस्ता सुत्केरी महिला, वालवालिका र वुढावुढीहरुलाई खानपान र सुत्न निकै समस्या छ ।” यता ९० बर्षिय धनसिहं विकले पनि शिविरमा वस्न निकै अप्ठारो भएको गुनासो गरे । वुढो भनेर वेन्चमाथी पातलो ओछाएर सुत्ने ब्यवस्था मिलाइदिएको भएपनि वुढेशकालमा आफ्नो ओछ्यान छोडेर शिविरमा वस्नुपर्दा धेरै अप्ठारो भएको बताए । ठुलो पानीसगै घरनजिकैवाट गएको पहिरोले आधा घर वगाएको छ धन्नले वाचियो उनले भने“ अन्य छिमेहीहरुको पनि हालत उस्तै छ कहाँ बस्नु जसरी तसरी गुजारा चलाइएको छ ।”९० बर्षसम्म नपरेको विपत्ती अहिले मर्ने वेलामा ब्यर्होनु परेको उनले बताए । अहिलेसम्म कहिल्लै यस्तो विपत्ती परेको थिएन विद्यालयको वेन्चमा टुप्लुक्क वसेका धनसिहंले गुनासो गरे “मर्ने बेलामा दैव लाग्यो घरमा बस्न अवस्था छैन ।” आफ्नो त मर्ने वेला भएको भन्दै उनले आफ्नोभन्दा पनि सुत्केरी महिला र सानासाना केटाकेटीको बढी विचल्ली भएको बताए । गत साउन ७ गते ठुलोलुम्पेकमा बर्षासंगैको पहिरोले करिव २ सय घरपरिवार बिस्थापित भएका छन् । पहिरोले विस्तापित भएर विद्यालयमाहरुमा आश्रय लिएका अधिकाशं सुत्केरी महिला, केटाकेटी र वृद्धबृद्धाहरुमा स्वास्थय समस्या देखिन थालेको छ । गाउँका ५ स्थानहरुमा सामुयिक शिविर सञ्चालन गरेर स्थानीयहरुलाई खाने र वस्ने ब्यवस्था मिलाइएको छ । शिविरहरुमा अहिले विभिन्न समस्याहरु देखा पर्न थालेको सिद्ध आधारभुत प्राविकी प्रध्यानाध्यापक समेत रहेकी पहिरोवाट विस्तापित ज्ञानमाया तरामुले बताईन । पहिरोले गाउँ घेरेको छ उनले भनिन“ जोगिएका घरहरुमा गएर वस्ने अवस्था समेत छैन,पहिरो जाने क्रम पनि रोकिएको छैन ।” उनका अनुसार शिविरमा खानेपानीदेखि औषधी उपचार, शौचालय, बस्ने, खाने सवै समस्या छन । राम्रो खानपान नभएकाले सुत्केरी, गर्भवति महिला, बालवालिका र बृद्धबृद्धालाई स्वास्थ्य समस्या देखिन थालेको बताइन् ।
महामारी फैलने संभावना
पहिरो प्रभावित क्षेत्रमा महामारी फैलने संभावना बढेको छ । पहिरोले बगाएका पशु चौपायको सहि व्यावस्थान नहुँदा गाउँमा दुगन्र्ध फैलिन थालेको स्थानीय टिका तरामुले बताए । पहिरोले गाउँमा मानवीय कम षती पु¥याएपनि भौतिक षती धेरै पु¥याएको भन्दै उनले भने“ पुरिएका पशु चौपाय, अन्नपातलेको दुगन्र्धले गाउँमा महामारी फैलन सक्ने देखिएको छ ।” उनले धर्मपुर माध्यमिक विद्यालयमा एउटा मात्रै शौचालय रहेको भन्दै पहिरो बिस्थापितहरुले खुल्ला स्थानमा दिसापिसाब गर्न वाध्य भएकाले पनि यहाँ ठुलो महामारी फैलने बताए । उनले यसको समयमा ब्यवस्थापन गर्न नसकिए गाउँमा अर्को विपत्ती निम्तने खतरा रहेको भन्दै गाउँमा स्वाथ्यकर्मीसगै औषधी अनिवार्य भएको बताए ।
प्रभावित क्षेत्रमा खाद्यान्न अभाव
जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ पहिरो प्रभावित क्षेत्रमा खाद्यान्न अभाव हुन थालेको छ । मगंलवार राती गएको पहिरोले गाउँमा पुग्ने सडकहरु पुरै वन्द भएपछि खाद्यान्न अभाव हुन थालेको हो । पहिरोले ठुलोलूम्पेकका सिङदी, कुर, दाङ्गसिङ्गा, गस्कोट, काउले लगायतका ७० घरपरिवार विस्तापित भएका छन । गाउँभरि नै पहिरो गएपछि ७० घरपरिवारका २ सय ५० जनाभन्दा वढी पहिरो पिडीतहरु स्थानीय विद्यालयमा आश्रय लिएर वसेका छन । गाउँमा ४÷५ स्थानमा सामुयिक मेस सञ्चालन गरेर पहिरो पिडीतहरुलाई खाना र वस्नको ब्यवस्था गरिएको छ । वुधवार हेलीकप्टरवाट ल्याएको राहत सहिन थालेकाले खाद्यान्न सकंट भएको हो । गाउँमा गाडी आउने कुनै वाटो छैन । विस्तापितहरुलाई मात्रै नभएर गाउँका अन्य नागरिकलाई समेत दैनिक उपभोग्य सामाग्रीहरुको अभाव देखिन थालेको छ ।
सडक खुल्न अझै केही दिन लाग्ने
पहिरो प्रभावित क्षेत्रमा सडक खुल्न अझै केही दिन लाग्ने देखिएको छ । सडककै नाम निसाना नै नरहने गरि पहिरो गएकाले ठुलोलुम्पेक पुग्ने सडक सञ्चालन गर्न अझै केही दिन लाग्ने सत्यवती गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए । सडक सुचारु गर्नकै लागि २ वटा डोजर चलाएका छौ गाउँपािलका अध्यक्ष ढकालले भने“ अव पानी नथपिए केही दिनमा माथी नै गाउँमा सडक पु¥याउछौ, पानी परे गाह्रो छ ।” अस्लेवा ठुलो लूम्पेक सडकखण्डका एक दर्जनबढी स्थानहरुमा ठुला–ठुला पहिरो गएका छन भने केही स्थानमा सडकको कुनै निसाना समेत छैन । यसले गर्दा पनि सडकवाट खाद्यान्न लगायत अन्य दैनिक उपभोग्य वस्तु ठुलोलुम्पेक पु¥याउन अझै केही दिन लाग्ने देखिएको छ ।
१२ श्रावण २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया