१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

मनसुनी गतिविधि कमजोर, देशका केही स्थानमा मात्र बर्षाको सम्भावना



काठमाडौं ।

आज (आइतबार) देशभर बदली हुने तर केही स्थानमा मात्र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार आज कतै त्यस्तो ठूलो वर्षा हुने सम्भावना छैन। देशका केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुने संकेत देखिएको उनले बताइन्।

‘तैपनि वर्षाको मौसम हो, पहाडी क्षेत्रतिर सामान्य वर्षाले पनि पहिरो जाने जोखिम रहन्छ,’ मौसमविद् पोखरेलले नेपालखबरसँग भनिन्, ‘किनकि पहिले परेकै पानीले माटो गलाएको छ।’

देशभर बदली रहेकाले यही ठाउँमा पानी पर्छ भन्न नसकिने भएकाले केही स्थान तर देशका जुनसुकै ठाउँमा वर्षा हुने सम्भावना रहेको उनको भनाइ छ।

एकैछिन खुलेजस्तो भए पनि पुनः मौसम बदली भएर पानी पर्ने उनले बताइन्।

शनिबारदेखि मनसुन केही कमजोर भएको मौसमविद्ले बताएका छन्। भोलि सोमबारसम्म ठूलो पानी पर्ने सम्भावना छैन।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले नेपालको तराई भु(भागभन्दा दक्षिण (भारत) तिर छ। यसैकारण नेपालमा मनसुनी गतिविधि कम सक्रिय अवस्थामा रहेको हो।

‘उतै भारतमा चाहिँ भारी वर्षा हुने सम्भावना छ,’ मौमसविद् पोखरेलले भनिन्।

तैपनि मनसुनका बेला दिनहुँ वर्षा हुँदा पहाडी भूभागमा सामान्य वर्षामा पनि पहिरो जान सक्ने भएकाले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : १२ श्रावण २०७६ आइतबार ००:००  ८ : ४१ बजे