शिवलाल सुवेदी, गुल्मी ।
गुल्मीमा सत्यवति गाउँपालिकाको दुःखद घटना सेलाउन नपाउदै छिमेकी गाउँपालिका कालीगण्डकी गाउँपालिका ७ मा पहिरोले घर बगाउँदा एक जनाको मृत्युु भएको छ ।
घटनामा पाँच जना घाइते भएका छन । शनिबार राती परेको अविरल बर्षाले वडा नम्बर ७ छापचौरका विष्णु परियारको घर पहिरोले बगाउँदा १३ बर्षका छोरा चुन्ने परियारको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख एसपी दिपक कुमार वस्नेतले दिए ।
घटनास्थल अहिले पुर्तिघाट प्रहरी चौकी र भुर्तुङ प्रहरी चौकिको प्रहरीको टोली उद्वारमा खटिएको छ । उद्वारका लागि जिल्लाबाट डिएसपी मीन वहादुर घलेको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ लागेको एसपी वस्नेतले जानकारी दिए । अन्य विवरण आउन बाँकी रहेको छ ।
१२ श्रावण २०७६ आइतबार ००:००
0
Shares
प्रतिक्रिया