बाँके ।
जिल्ला प्रशासन कार्यालय, बाँकेले एक आर्थिक वर्षमा दुई करोड ३२ लाख ३८ हजार ४४३ रुपैयाँ राजस्व संकलन गरेको छ । प्रशासनले सबैभन्दा धेरै राजस्व राहदानी शुल्कबाट संकलन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद अर्यालका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा राहदानीबाट दुई करोड १७ लाख २५ हजार रुपैयाँ सकंलन भएको छ ।
संघ संस्था दर्ता दस्तुरबाट ६ लाख ६८ हजार ५५० रुपैयाँ संकलन भएको छ । त्यसैगरी, न्यायिक दस्तुरबाट ६ लाख ५४ हजार २४३ रुपैयाँ, हातहतियार इजाजत पत्र दस्तुर बापत एक लाख ७६ हजार २५० र परीक्षा शुल्क बापत एक हजार आठ सय रुपैयाँ संकलन भएको सहायक प्रजिअ अर्यालले बताए ।
प्रशासनले १२ हजार ६०० पैयाँ बेरुजु उठाएको छ । प्रशासनले द्वन्द्वका बेला मृत्यु र बेपत्ताका आश्रित एउटा परिवारलाई दुई लाख ५० हजार रुपैयाँ प्रदान गरेको जनाएको छ । त्यसैगरी प्रतिपरिवार ६९ हजार ७५० रुपैयाँको दरले आठ जनालाई जीवन निर्वाह भत्ता बापत पाँच लाख ५८ हजार रुपैयाँ वितरण गरेको कार्यालयलले जनाएको छ ।
प्रतिक्रिया