मायादेवी अनलाइन, कपिलवस्तु ।
सुठौली भन्सारमा आर्थिक बर्ष २०७५-२०७६ मा ४४ करोड ७८ लाख ३० रुपैया राजस्व संकलन भएको छ । गत आर्थिक बर्षकालागि संधोधित लक्ष्य ४५ करोड को लक्ष्य तोकिएको थियो । गत आर्थिक बर्षको असोज देखि सुठौली भन्सारको स्त्तारोन्नती गरीएको थियो । त्यस अघि छोटी भन्सारकारुपमा रहेको सुठौलीमा १५ करोड लक्ष्य तोकिएको थियो । भन्सार प्रमुख तिर्थराज पासवान अनुसार १० महिनामा भन्सारले लक्ष्यको करिब राजस्व संकलन भएको हो । सबै भन्दा बढी कृषि सुधार शुल्कमा ३२ करोड ७४ लाख २० हजार रुपैया उठेको छ । यस्तै पैठारी महसुलमा ३ करोड, पैठारी सेवा दस्तुरमा २६ लाख ५५ हजार राजस्व संकलन भएको छ ।
अग्रीम आय करमा ३ करोड २४ लाख २ हजार, अन्तःशुल्कमा १८ लाख ४९ हजार मुल्य अभिबृद्धि करमा ४ करोड ५४ लाख संकलन भएको छ । सबै भन्दा बढी असोज महिनामा ६ करोड २१ लाख १८ हजार उठेको थियो । यस्तै मंसिरमा ५ करोड ९५ लाख, माघमा ४ करोड ७४ लाख राजस्व संकलन भएको छ । सरकारले सुठौली भन्सारको स्त्तारोन्नती गरे पनि क्वारेन्टाईको कार्यालय नखोल्दा राजस्व संकलनमा समस्या आएको प्रमुख पासवानले बताए । गत जेठ १ गते देखि भन्सारमा क्वारेन्टाईन नहुदा कृषिजन्य सामाग्रीहरुको आयात रोकिए पछि भन्सार राजस्व संकलनमा प्रभाव परेको उनले बताए । ‘ सुठौली भन्सारमा सबै भन्दा बढी राजस्वक उठने कृषिजन्य सामाग्रीको आयात क्वारेन्टाईन नहुदा रोकिएको छ ’ भन्सार प्रमुख पासवानले भने ‘ यसले भन्सारको राजस्व असुलीमा ठुलो असर गरेको छ ’ । मासिक ४ करोडको हाराहारीमा लक्ष्य दिईएकोमा क्वारेन्टाइृन नहुदा जेठ महिना देखि आधा भन्दा कम राजूव उठेको थियो । चालु आर्थिक बर्षकालागि भन्सारलाई ६२ करोड २१ लाख लक्ष्य दिईएको भन्सार कार्यालयका सुचना अधिकृत शिव कुमार कशहवाले बताए । चालु आर्थिक बर्षको साउन महिनाकालागि ४ करोड ९९ लाख लक्ष्य दिईएकोमा साउन ९ गते सम्म ५७ लाख ५२ हजार मात्र राजस्वक उठेको उनले बताए । प्रमुख पासवानले क्वारेन्टान कार्यालय स्थापना नभए सम्म भन्सारमा यस वर्ष पनि लक्ष्य अनुसार राजस्व नउठने छाटकाट देखिएको बताए ।
११ श्रावण २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया