१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

रोट्र्याक्ट क्लब अफ कपिलवस्तु मिडटाउनमा क्षेत्रीको नेतृत्व



मायादेवी अनलाइन, कपिलवस्तु ।
रोट्र्याक्ट क्लव अफ कपिलवस्तु मिडटाउन २०१९ को प्रेसिडेन्ट गणेश क्षेत्रीले पदभार ग्रहण गर्नुभएको छ । केही समयअघि क्षेत्रीले नयाँ नेतृत्व पाए पनि क्लवले शुक्रबार साँझ पिस हिमालय रिसोर्टमा सम्पन्न गरेको दोश्रो पद हस्तान्तरण तथा धन्यवाद ज्ञापन कार्यक्रममार्फत उहाँले औपचारिक रुपमा पदभार ग्रहण गरी सपथ खानुभएको हो । क्लवका संस्थापक अध्यक्ष माधव पौडेलले क्षेत्रीलाई पदभार हस्तान्तरण गर्नुभएको थियो भने क्षेत्रीलाई विशिष्ट अतिथि रोटरीका वर्तमान अध्यक्ष वीरेन्द्र खाँणले सपथ खुवाउनु भएकोथियो ।
क्लवले २०१९ । २० लाई सृजनशिल र सफल गराउन बिभिन्न पदमा पदाधिकारी पनि चयन गरेको छ । जसको चार्टर प्रेसिडेन्टमा माधव पौडेल, प्रेसिडेन्ट इलेक्टमा सिए शैलेन्द्र घिमिरे,नोमिनी प्रेसिडेन्टमा उद्धव पौडेल, भाइस प्रेसिडेन्ट फस्ट बेदुराम पोख्रेल ,भाइस प्रेसिडेन्ट सेकेण्डमा भिमलाल भट्टराईं(समिर सायर), भाइस प्रेसिडेन्ट तृतीयमा राजु जंग कुँवर, सेक्रेटरीमा अजर्लुन प्रसाद बेल्वासे, ज्वाइन्ट सेक्रेटरीमा किशोर पौडेल, ट्रेजरमा शुशान्त पाख्रेल, ज्वाइन्ट ट्रेजरमा सुदिप घिमिरे, क्लव सर्भिस डाइरेक्टरमा गौरव पौडेल, किमीटी सर्भिस डाइरेक्टर हुमानाथ पौडेल, युथ सर्भिस डाइरेक्टरमा रोशन बंजाडे, इन्टरनेशनल सर्भिस डाइरेक्टरमा प्रकाश गौतम, एस ए राजन पोख्रेल, एस ए सेकेण्डमा रोशन कार्की, एडिटरमा प्रकाश पाख्रेल, ज्वाइन्ट इडिटरमा कमल केसी, एडभाइनरमा लक्ष्मण केसी, महेश पौडेल र सदस्यहरुमा सविता थापा,सविना पौडेल, माया बंजाडे, महेश पौडेल, सौरभ पौडेल,बाबुराम न्यौपाने, निर्मल कुँवर सन्दिप भूषाल सदस्यहरुमा रहनु भएको छ । उहाँहरु सबैलाई क्लवका नव निर्वाचित अध्यक्ष गणेश क्षेत्रीले पद तथा गोपनयिताको सपथ खुवाउनु भएको थियो ।
रोट्र्याक्टका चार्टर प्रेसिडेन्ट माधव पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रोटरी क्लव कपिलवस्तुका चार्टर प्रेसिडेन्ट लक्ष्मण अधिकारी, विशिष्ट अतिथि रोटरीका वर्तमान अध्यक्ष वीरेन्द्र खाँण,एडि आरआर उमेश अधिकारी र जेट आरआर प्रकाश शर्मा लगायतले बोल्दै नयाँ टिमलाई बधाई र शुभकामना दिँदै क्लवको बारेमा बताउनु भएको थियो ।


यसैबीच नव निर्बाचित अध्यक्ष गणेश क्षेत्रीले पदभार ग्रहणसंगै यस बर्ष क्लवले गर्ने कार्ययोजनाको बारेमा पनि जानकारी गराउनु भएको छ । उहाँले रोटरीको बन्न लागेको भवनमा रङ सौजन्य गर्नेदेखि रक्तदान, वृक्षरोपण जस्ता सामाजिक कार्यहरु गरी धेरै युवाहरुलाई समाज रुपान्तरणमा लगाउन पहल गर्ने बताउनु भयो । कार्यक्रमको संचालन  भाइस प्रेसिडेन्ट फस्ट बेदुराम पोख्रेलले गर्नुभएको थियो । यस्तै चार्टर प्रेसिडेन्ट माधव पौडेलले आफ्नो कार्यकालमा उत्कृष्ट काम गर्ने तथा सहयोग गर्ने सबैलाई मायाको चिनोले सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति : ११ श्रावण २०७६ शनिबार ००:००  १ : ४० बजे