काठमाडौं ।
टीट्वेन्टी विश्वकपको एसियाली छनोटमा आज (शनिबार) नेपाल र कुवेत भीँड्दै छन् । पहिलो खेलमा पराजित भएपछि दबाबमा परेको नेपाललाई आजको खेलमा जित हासिल गर्दै पर्ने दबाब छ । आजको खेलमा कुवेतलाई हराए नेपाल दोस्रो स्थानमा उक्लने छ। त्यो अवस्थामा नेपालबीच हुने खेलको विजेता विश्वस्तरको छनोटमा पुग्ने छ। नेपालले आज मात्र जितेर पुग्ने छैन । अन्तिम खेलमा सिंगापुरलाई पनि हराउनै पर्ने छ । स्वास्थ्य अवस्था ठिक नभएर दोश्रो खेलमा विश्राम लिएका कप्तान पारस खड्का आजको खेलमा मैद्यान उत्रने छन् ।
शुक्रबार भएको खेलमा कुवेतले कतारलाई हराएपछि नेपाललाई अलिकति सहजता भने बनेको छ । तीन खेलबाट पाँच अंक भएको सिंगापुर शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको मलेसियाको तीन खेलबाट तीन अंक छ। दुई खेल खेलेको नेपालको दुई अंक छ। सिंगापुर र कतारले एक एक खेल तथा नेपालले दुई खेल खेल्न बाँकी छ।
प्रतिक्रिया