एजेन्सी । ग्यारेथ बेल चिनियाँ क्लब जाने भएको छन् । स्पेनिस क्लब रियल मड्रिडका खेलाडी बेल चिनियाँ क्लब जियाङ्ग सुनइङ्ग जाने तयारी भएको हो । उनी जियाङ्ग सुनइङ्गमा तीन वर्षको सम्झौतामा जान लागेका हुन् ।
वेल्सका कीर्तिमानी गोलकर्ता बेलसँग नजिक रहेको स्रोतलाई उद्धृत गर्दै बिबिसीले प्रकाशित गरेको खबरमा चिनियाँ क्लबसँगको सम्झौता निष्कर्षमा नपुगेको भए पनि अन्तिम चरणमा रहेको उल्लेख गरिएको छ ।
रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदाले बेल रियल मड्रिड छोड्ने अन्तिम चरणमा रहेको बताएका थिए अघिल्लो हप्ता । ३० वर्षे बेल प्रि–सिजन भ्रमण अन्तर्गत बार्यन म्युनिखसँगको खेलमा रियल मड्रिडको टिममा थिएनन् ।
सो खेलमा ३–१ ले पराजित भएको रियलका प्रशिक्षकले बेलको बर्हिगनम सबैका लागि उपयुक्त हुने बताएका थिए । तर बेल त्यसपछि आर्सनलसँगको खेलमा भने मैदानमा थिए र उनले गोल पनि गरे ।
३० वर्षका बेलले चिनियाँ क्लबसँग हप्ताको १० लाख पाउण्ड पारिश्रमिक लिने गरी सम्झौताको तयारी भएको बताइएको छ ।
बेल सन् २०१३ मा त्यो बेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा इंग्लिस क्लब टोटनह्यामबाट रियल मड्रिड गएका थिए । रियल मड्रिडसँगको उनको सम्झौता अझै तीन वर्ष बाँकी छ ।
रियलबाट उनले चारपटक च्याम्पियन्स लिग, एकपटक ला लिाग, एक पटक कोपा डेल रे, तीन पटक युइएफए सुपर कप र तीन पटक क्लब वर्ल्ड कपको उपाधि जितेका छन् ।
प्रतिक्रिया