बुटवल ।
प्रदेश ५ मा दीगो बिकास लक्ष्यहरुको आधार तथ्याकं प्रतिबेदन शुक्रबार सार्बजनिक गरीएको छ । संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम नेपाल (यूएनडिपी) को सहयोगमा तयार पारिएको तथ्यांक प्रतिवेदन आज बुटवलमा आयोजित एक कार्यक्रममा सार्बजनिक गरीएको हो ।
पुस्तकका रुपमा प्रकाशित तथ्याकं प्रतिवेदनको मुख्यमन्त्री शंकर पोखरेलले बिमोचन गरी सार्बजनिक गर्नु भयो ।
प्रदेश योजना आयोगले अहायोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले दीगो बिकास लक्ष्यलाई जनताको जीवनस्तरसंग जोडन सके मात्रै प्रदेश र राष्टिय लक्ष्य प्राप्त गर्न सकिने बताउनु भयो । उहाले प्रदेशको दिगो विकास लक्ष्यलाई सफलतापूर्वक कार्यान्वयन गर्न सके नेपाललाई नै त्यसबाट फाइदा भई दिगो विकास लक्ष्य प्राप्तीमा सहज हुने बताउनु भयो ।
उहाले प्रदेश ५ मा योजना आयोगले तयार गरेको आवधिक योजनालाई आधार बनाई दिगो विकासको लक्ष्य बनाइएको बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले संघियता मुख्य तिन आयामहरु राजनितिक, प्रशासनिक र वित्तिय संघियता रहेको भन्दै यी तिनवटै आयामहरु पुरा भई संघियता पूर्ण रुपमा कार्यान्वयनमा नजांदा सम्म दिगो विकास लक्ष्य पुरा गर्न नसकिने बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले राजनितिक संघियता कार्यान्वयन भएपनि प्रशासनिक र वित्तिय संघियता भने अझै पूर्ण रुपमा कार्यान्वयनमा आउन नसकेको बताए । मुख्यमन्त्री पोखरेलले सहकारीलाई दिगो विकास लक्ष्यको महत्वपूर्ण साझेदार मानिएको भन्दै सहकारी क्षेत्रलाई सवलीकरण गर्दै सहकारीको माध्यमबाट गरिवी निवारण गर्ने र जनताको जिवनस्तर सुधार गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा संयुक्त राष्ट्रसंघका आवासिय संयोजक भोलेरी जुलीयर्डले दिगो विकास लक्ष्य प्राप्तिको लागि स्थानीयकरण, तथ्यांकको प्राप्ति र वित्तिय व्यवस्थापन महत्वपूर्ण हुने भन्दै यी तिनै कुरामा ध्यान दिन सके दिगो विकास लक्ष्य प्राप्ति गर्न सकिने बताउनु भयो ।
यूएनडिपीका आवासिय प्रतिनिधी एयसनिई मेडोगोन्गोडाले यूएनडिपी विश्वभर नै दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पु¥याउंदै आएको र प्रदेश ५ मा पनि सहयोग पु¥याउने बताउनु भयो ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमको अध्यक्षतामा भएको कार्यक्रममा अर्थमन्त्रालयका सहसचिव कृष्ण नेपाल, प्रदेश योजना आयोगका सदस्य विष्णु प्रसाद गौतम, पुष्पा भुसाल लगायतले भनाई राख्नु भएको थियो ।
तथ्यांक प्रतिवेदनमा दिगो विकास लक्ष्य प्राप्तिको लागि उच्च आर्थिक वृद्धि सहित समृद्ध अर्थतन्त्र, रोजगारी सहित जीवन निर्वाहको लागि प्रयाप्त आम्दानी, आधारभूत भौतिक सुविधाको उपलब्धता, सुरक्षा, समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित रहि अवसरको सिर्जना, उत्पादन वृद्धि लगायत दिगो विकासका १ सय ६९ वटा सहायक लक्ष्यहरु समावेश गरिएको छ ।
११ श्रावण २०७६ शनिबार ००:००
0
Shares
प्रतिक्रिया