१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

सांसद अभिषेक भन्छन्, भारतका तरकारी परिक्षण गर्दा चाइनाका फलफूल किन गरिन्न ?



मनिष गुप्ता, कृष्णनगर ।
प्रतिनिधिसभा सांसद अभिषेक प्रताप शाहले सरकारले भारतबाट आयात हुने तरकारीलाई मात्र चेकजाँच गरेको प्रति आपत्ति जनाउनुभएको छ । सरकारले भारतमाथि हेर्ने दृष्टिकोणमाथि प्रश्न उठाउदै सांसद शाहले यस्तो कुरा बताउनुभएको हो ।
कृष्णनगर उद्योग वाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण कार्यक्रममा सम्बोधन गर्दै उहाँले चिनबाट आयात हुने फलफूलमा भने विषादी परिक्षण नहुने गरेको दाबी गर्नुभयो । ‘सरकारको भारत र चिनलाई हेर्न आखाँ फरक फरक छन् उहाँले भन्नुभयो, चिनले जे गरेपनि हुन्छ भारतले गर्दा विरोध गरिन्छ, जुन दुखत कुरा हो ।’
सुख्खा बन्ददरगाह, पशु क्वारेनटाईन र फलफूल क्वारेनटाइनको बारेमा जनतालाई केही थाहा नभएको भन्दै विषादी परिक्षणले सरकारलाई नै ठूलो घाटा हुने उहाले जिकिर गर्नुभयो । चिनबाट स्याऊ, अदुवा र लसुन आयात हुँदा बिषादी चेकजाँच नगर्नु पर्ने तर भारतबाट ल्याउँदा चेकजाच गर्नुपर्ने किन भन्ने उहाँले प्रश्न गर्नुभयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य बिरेन्द्र कुमार कानौडियाले कृष्णनगरको बिकास कृष्णनगर उद्योग वाणिज्य संघकै अगुवाईमा भएको जिकिर गर्नुभयो । संघको स्थापना २०३० मा भए पछि संघले कृष्णनगरकोे व्यापारीहरूको हक हितमा नै काम गर्दै आई रहेको भन्दै उहाँले सुखी व्यक्त गर्नुभयो ।
व्यापार संघ कपिलवस्तुका अध्यक्ष महादेव पोख्रेलले संघले व्यापारीको हक र हितसंगै कृष्णनगरको बिकासमा केन्द्रित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नवनिर्वाचित संघका पदाधिकारी, कार्यसमिति सदस्य तथा संघलाई प्रत्यक्ष सहयोग गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १० श्रावण २०७६ शुक्रबार ००:००  ६ : ०९ बजे