१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

अर्घाखाँचीका भट्टराई भए प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षमा सिफारिस



बुटवल ।
अर्घाखाँचीका डिलाराम भट्टराई प्रदेश ५ को लोकसेवा आयोगको अध्यक्षमा सिफारिस भएका छन । मुख्यमन्त्री संयोजकत्वको तीन सदस्यीय समितिले भट्टराईलाई अध्यक्षमा सिफारिश गर्ने निर्णय गरेको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।
प्रदेश लोकसेवा आयोग गठनको लागि मुख्यमन्त्री, सभामुख र प्रमुख प्रतिपक्ष दलको नेता रहेको सिफारिस समिति रहने प्रदेश लोकसेवा आयोग ऐनमा व्यवस्था छ । समितिको सिफारिसको आधारमा प्रदेश प्रमुखले अध्यक्ष नियुक्ति गर्ने व्यवस्था गर्नेछन् ।
सन्धिखर्क नगरपालिका १० अर्घाखाँचीका भट्टराई महेन्द्र बहुमुखी क्याम्पस दाङका गणित विभागका प्रमुख हुन् । उनी लामो समय देखि प्राध्यापन पेशामा तल्लिन छन् ।

प्रकाशित मिति : १० श्रावण २०७६ शुक्रबार ००:००  ५ : ४८ बजे