एजेन्सी ।
ग्लोबल क्वालिफायरको झिनो आसा बोकेको नेपाललाई शुक्रबार कतार र कुवेतको खेलले केहि राहत दिएको छ। सिंगापुरमा जारी आईसीसी टी २० एसिया विश्वकप छनोट अन्तर्गत शुक्रबार भएको खेलमा कुवेतले कतारलाई १० रनरले पराजित गरेको छ। यो सँगै नेपालको अघिल्लो चरण समिकरणमा थोरै राहत भएको छ। यद्धपि दुई खेलमा फराकिलो जित निकाल्नु पर्ने विकल्प नेपालसँग बाँकीनै छ। टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो। कुवेतका लागि म्यान अफ द म्याच अदनान आर्डिसले ३२ बलमा ८ चौका र २ छक्का सहित ५६ रनको उत्कृष्ट इनिङ खेले। त्यस्तै मिट भावसार ३५, उस्मान वहीदले २८ रनको योगदान दिए। कतारका लागि तमोर शज्जाद र इकवाल हुसेनले समान २ विकेट लिए। १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको कतार निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८७ रन बनाएको थियो। उसका लागि तमोर शज्जादले ३२ बलमा ३ चौका र २ छक्का सहित ४६ रनमा अविजित रहेपनि टोलीको हार टार्न सकेनन् । त्यस्तै नोमान शनवार ३४,इनाम उक हल २८र फैसल जाभेदले २५ रन बनाए। कुवेतका लागि शिराज खान र जनदु हमौदले समान २ विकेट हात पारे। कतार पराजित भएसँगै अघिल्लो चरण समिकरण थप रोचक बनेको छ। ३ खेलमा २ हार र १ जितसहित कतार पुछारमा रहेको कतारको अघिल्लो चरण लगभग समाप्त भएको छ। त्यस्तै सिंगापुर २ खेलमा १ मा जितका साथ ३ अंक जोड्दै शीर्षस्थानमा छ। कुवते ३ खेलमा समान १ मा हारका जितका साथ दोस्रो स्थानमा रहेको छ। मलेसिया २ खेलमा समान १ मा हार जितका साथ तेस्रो स्थानमा छ। नेपाल पनि २ खेलमा समान १ खेलमा जित हारका साथ चौथो स्थानमा छ। अर्को खेलमा मलेसिया र सिंगापुर भिड्दै छन्। यस खेलमा सिंगापुर विजयी भए र नेपालले बाँकी दुबै खेल जिते सहजै अघिल्लो चरणमा प्रवेश गर्ने छ। नेपालले शनिवार कुवेत र आईतबार सिंगापुरसँग खेल्ने छ।
१० श्रावण २०७६ शुक्रबार ००:००
0
Shares
प्रतिक्रिया