१२ मंसिर २०८१, बुधबार | Wed Nov 27 2024

नवलपुर जिल्ला अदालतको गाडीमा आगजनी



नवलपरासी ।
नवलपुर जिल्ला अदालतको गाडीमा आगजनी भएको छ । बिहीबार राति कावासोती नगरपालिका–८ मा रहेको अर्जुन श्रेष्ठको घरमा पार्किङ गरेर राखेको बा २ झ ३५०२ नम्बरको गाडीमा आगजनी भएको हो ।
नवलपुर जिल्ला अदातलका श्रेष्तेदार शारदादत्त बडुले प्रयोग गर्दै आउनुभएको गाडीमा आगजनी भएको हो । बडु कावासोती नगरपालिका–८ मा रहेको अर्जुन श्रेष्ठको घरमा भाडामा बस्दै आउनु भएको थियो ।
आगजनीबाट गाडीको अगाडीको भाग जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटका अनुसार आगो कसले लगाएको भन्ने अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०७६ शुक्रबार ००:००  १ : ०९ बजे