१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

मालपोत कार्यालय तौलिहवामा कर्मचारीको अभाव, कामकाज प्रभावित



मायादेवी अनलाइन, तौलिहवा ।
मालपोत कार्यालय तौलिहवामा विगत एक वर्षदेखी दरवन्दी अनुसारका कर्मचारी नहुँदा कामकाज प्रभावित बनेको छ । ४ नगरपालिका ३ गाउँपालिकामा कार्यक्षेत्र रहेको मालपोत कार्यालयमा सरदर ५० देखि ६० वटा नामसारी, अंशवन्डा, कित्ताकाट, रजिष्टे«शन पास लगायतका गरी दैनिक एक सयको हाराहारीमा काम हुने गर्दछन् ।
कर्मचारी अभावमा एकदिन हुने काममा २ देखी ३ दिन धाउन बाध्य भएको सेवाग्राही बताउँछन् । मालपोत कार्यालय तौलिहवामा विगत १ बर्षदेखी रिक्त दरवन्दी अनुसार प्रमुख मालपोत अधिकृत १ जना, नायब सृुव्वा ८ जना, खरिदार ५ रहेका छन् ।
देश संघीय संरचनामा गई सेवाग्राहीलाई थप सुविधा दिनुको साटो दरवन्दी अनुसारका कर्मचारी सरुवा भइ अन्यत्र जाने तर लामो समय पदपुर्ति नहुँदा कामकाजमा ढिलाइ हुने गरेको छ । कर्मचारीकै अभावमा अनलाइन प्रकृयाबाट छिटोछरितो सेवा दिन समेत समस्या भएको मालपोतका अधिकारी बताउँछन् ।

प्रकाशित मिति : १० श्रावण २०७६ शुक्रबार ००:००  ९ : ०८ बजे