शिवलाल सुवेदी, गुल्मी ।
सडकहरु अवरुद्ध हुँदा पहिरो पिडीतहरुका लागि हिडेको राहत बिच बाटामै थन्किएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठुलोलुम्पेकका लागि विभिन्न सघं सस्थाहरुले सकंलन गरेर पठाएको राहत सडक वन्द हुदाँ विच वाटोमै थन्किएको हो ।
मगंलवार राती पहिरो जादाँ गाउँपालिकाको वडा नम्बर ३ र ४ मा १३ जनाले ज्यान गुमाएका छन । यस्तै करिव ६० घरपरिवार विस्तापित भएका छन । पहिरोका कारण आफ्नो घर छोड्न वाध्य भएका पहिरो पिडीत परिवारका लागि सकंलन भएको राहत सडकहरु अवरुद्ध हुदाँ विच वाटामै थन्काएर फर्किन परेको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा गुल्मीका मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले गुनासो गरे ।
मगंलवार सत्यवती गाउँपालिकामा पहिरोले धेरै जनधनको क्षती पु¥रायो मन्त्री श्रेष्ठले भने “६० घरपरिवार विद्यालयमा आश्रय लिनुभएकाले केही मलम लगाउन विहीवार राहत लिएर गएका थियौ सडक अवरुद्ध हुदाँ विच वाटोमै थन्काएर तम्घास फर्कियो ।” सत्यवती गाउँपालिकामा वडा नम्बर ३ ठुलो लुम्पेक पहिरो पिडित परिवारजनलाई नेपाल रेडक्रस गुल्मीबाट तत्कालका लागि राहत स्वरूप लगेका ५० कम्बल उपलब्ध गाउँपालिका १ अस्लेवामा जिम्मा लगाएर सदरमुकाम आएको श्रेष्ठले बताए ।
युवा क्लवहरु र हाम्रो त्यहाँ रहेको रेडक्रस सर्कलसगँ समन्वय र छलफल गरेर छोडेर आएका छौ उनी भन्छन“ अस्लेवा चौरमा छोडिएका उक्त राहत सामाग्रीहरू स्थानीय युवाहरूबाट शुक्रवार पिडितहरू माझ पु¥याउने प्रतिवध्दता जनाएपछि हिडीयो ।” यता सडक अवरुद्ध भएका कारण नेकपा गुल्मीले ठुलोलुम्पेकका लागि सकंलन गरेको राहत अस्लेवामै रहेको नेता नरेश भण्डारीले बताए । हामीले राहत सकंलन गरेर २ स्थानकै लागि पठाएका हौ जिल्ला सदस्य नरशे भण्डारीले भने“ लिम्घामा सडक अवरुद्ध नभएकाले पुग्यो,तर लुम्पेकजाने सडक अवरुद्ध भएकाले विच वाटोमै रोकिएको छ ।” भण्डारीका अनुसार पहिरो पिडितहरुका लागि रासन किनेर पठाएको बताए ।
यता प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन वरालले मगंलवार नै लिएर आएको राहत सामाग्री पनि विच वाटोमै थन्काइएको छ । सडक नभएपछि अस्लेवाका वडा अध्यक्ष भिमलाल पाण्डेको जिम्मामा छोडेको हो मन्त्री वरालले भने“ भाडाकुडाँ, औषधी, लत्ताकपडा लगायत त्रिपल शुक्रवार मानिसलाई वोकाएर भएपनि माथी लुम्पेक पु¥याउने तयारी भएको छ ।” उनका अनुसार वलिया युवाहरुलाई वोकाएर भएपनि छिटोभन्दा छिटो राहत सामाग्रीहरु र औषधी प्रभावित क्षेत्रमा लैजाने गरि ब्यवस्था मिलाइएको बताए ।
लुम्पेकका अधिकांश बस्ती डाँडामा छन् । सत्यवती ४ लिम्घाको भिरकुना पनि पहिल्यैदेखि पहिरोको जोखिम क्षेत्र हो । प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बरालले दुवै बस्ती डाँडामा रहेकाले पनि भूकम्प र पहिरोको जोखिममा रहेको बताए । ‘पहिला भूकम्पको जोखिम थियो,’ स्थलगत अवलोकनमा पुगेका उनले भने, ‘अहिले तिनै बस्ती पहिरोको जोखिममा परे ।’ डाँडाका बस्ती स्थानान्तरणको विकल्प नरहेको उनले बताए ।
गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रमा पुग्ने सडकहरु अबरुद्ध भएपछि केही राहत सामाग्री हेलीकप्टर मार्फत पु¥याइएको भएपनि धेरै राहत सामाग्री अस्लेवामै थन्किएको छ । मगंलवार राती सत्यवति गाउँपालिकाको दुई स्थानमा गएको पहिरोमा परेर १३ जनाले ज्यान गुमाएका छन ।
वडा नम्बर ४ लिम्घामा वेपत्ता भएका सात बर्षीय तारा विकको शव विहीवार मात्रै फेला परेको हो । पहिरोमा घाइते भएका ठुलोलुम्पेकका २ जनाको काठमाडौको टिचिङ अस्पतालमा उपचार भैरहेको छ । सत्यवती गाउँपालिका ३ का करिष्मा तरामु र धनी तरामुलाई दुई दिन पछि बुधवार मात्रै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राहत लिएर आएको हेलिकप्टर मार्फत उपचारको लागि काठमाण्डौ लगिएको हो । लिम्घा जाने सडक विहीवार खुलाइएको भएपनि ठुलो लुम्पेक जाने सडक खुलाउन अझै केही समय लाग्ने गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताए ।
जेसिभी चलाएकै छौ उनले भने “तर जताततै ठुला–ठुला पहिरो गएकाले तत्काल सडक खुल्ने सम्भावना छैन ।” सडक अवरुद्ध हुँदा पिडीतहरुको राहत समेत विच वाटोमै थन्काउन बाध्य भएको उनले बताए ।
प्रतिक्रिया