१२ मंसिर २०८१, बुधबार | Thu Nov 28 2024

ठूलो परिमाणको लागु औषधसहित एक महिला पक्राउ



मोरङ ।
विराटनगरका रामजानकी चौकबाट ठूलो परिमाणको लागु औषधसहित एक महिला पक्राउ परेकी छिन्। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ३२ वर्षीया अरजिना खातुनलाई प्रहरीले भारतको जोगबनीबाट लागुऔषध लिएर बिराटनगर आएको अवस्थामा पक्राउ गरेको हो।

सीमावर्ती क्षेत्रस्थित इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर राना नेतृत्वको टोलीले खातुनलाई पक्राउ गरेको हो।

प्रहरी निरीक्षक रानाका अनुसार चेक जाँचका क्रममा खातुनको साथबाट डाइजेल्याव, एभिल र लुपिजेसिक समान दुइसय थान बरामद गरिएको थियो।

त्यसैगरी उनको साथबाट २६ हजार नेपाली रुपैयासहित डाईलेक्स डिसी पाँच बोतल, नाईट्रोजेपाम ३० ट्याब्लेट र स्पास्मोप्रोक्सिभन १ सय ४४ वटा क्याप्सुल पनि बरामद भएको छ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले पक्राउ परेकी महिलाविरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए।

प्रकाशित मिति : ९ श्रावण २०७६ बिहिबार ००:००  ४ : १७ बजे